• २०८१ बैशाख १४ शुक्रबार

रूप ज्योति पक्राउको घटनाप्रति उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण 

kharibot

काठमाडौँ । उद्योगपति तथा पूर्व अर्थराज्यमन्त्री रूप ज्योति पक्राउ परेको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले एक विज्ञप्ति निकाल्दै मुलुकभित्र उद्यमशीलताको प्रवद्र्धन गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउंदै आएको प्रमुख औद्योगिक एवं व्यवसायिक क्षेत्रका उद्योगपतिलाई स्वदेश फर्कने क्रममा पक्राउ गरी हिरासतमा लिएपछिको अवस्थाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

महासंघले भनेको छ, 'मुलुकको उद्योग व्यवसायको विकासमा ठूलो योगदान दिनुको साथै हजारौलाई रोजगारी दिएको, मुलुकलाई प्रत्येक वर्ष ठूलोमात्रामा राजस्व समेत बुझाउंदै आएको मुलुकका प्रतिष्ठित उद्योगपति माथि विना सोचविचार हतारहतार गरिएको यस प्रकारको व्यवहारले निजी क्षेत्र प्रोत्साहित नहुने अवस्था छ ।'

महासंघले उद्योगी-व्यवसायीहरू माथि हुने यस प्रकारको रवैयाले स्वदेशी एवं विदेशी लगानीको वातावरणमा प्रतिकुल प्रभाव पर्न सक्ने सम्भावनातर्फ ध्यानाकर्षण गराउंदै मुलुकभित्रका उद्यमी व्यवसायीलाई राज्यका सवै सरोकारवाला निकायबाट कानुनी शासनको अवधारणा अनुरुप सम्मानजनक व्यवहार गर्न नेपाल उद्योग वाणिज्य महासंघ जोडदार माग गरेको छ ।  
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै