काठमाडौँ । भारतको भ्रमणमा रहेको नेपाली अन्डर १९ क्रिकेट टिमले आज भारतको अन्डर १९ सी टिमसँग खेलिरहेको छ ।
नेपाली अन्डर १९ टिम पहिला ब्याटिंग गर्दै ११४ रनमा अल आउट भएको छ । नेपाल ३२.१ ओभरमा ११४ रन बनाएर अल आउट भएपछि भारतले ११५ रनको लक्ष्य पाएको छ ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक २६ रन बनाएका थिए । त्यस्तै शीर मल्लले १४, अरुण ऐरीले १३, प्रतिष जिसीले ११ रन बनाएका थिए । त्यस्तै लोकेस बम र खडक बहादुर बोहोराले १०-१० रन बनाए ।
कप्तान रीत गौतम ५, हरिबहादुर चौहान ७, आकास चन्द ४ रन बनाएर आउट भएका थिए ।
भारतीय अन्डर १९ टिमका बलर चिन्नटला रक्शान रिड्डी, विद्याधर पाटिल, शुभांग हेगड़े, मुज्ताब युसुफ र रवी रोशनले २-२ विकेट लिएका थिए ।
अब भारतले केहीबेरमा जवाफी ब्याटिंग गर्दै छ ।