• २०८१ बैशाख १४ शुक्रबार

भारतीय अन्डर १९ 'ए' ले नेपाललाई दियो २४८ रनको लक्ष्य  

kharibot

फाइल तस्बीर

काठमाडौँ । भारतको भ्रमणमा रहेको नेपाली अन्डर १९ क्रिकेट टिमले आज भारतको अन्डर १९ ए टिमसँग खेलिरहेको छ ।

भारतीय अन्डर १९ ए टिमले पहिला ब्याटिंग गर्दै नेपाली युवा टिमलाई २४८ रनको लक्ष्य दिएको छ । भारतीय अन्डर १९ ए टिमले ४८.२ ओभरमा २४७ रन बनाएर अल आउट भएको हो ।

भारतका ब्याट्सम्यानधुर्व चन्द जुरेलले सर्वाधिक ७४ रन बनाएका थिए । त्यस्तै साइ भारद्वाज सुदर्शनले ३४, भुपेन्द्र जैसवालले ३३, नितिश कुमार रेड्डीले ३०, कृतज्ञकुमार सिंहले २६ रन बनाएका थिए ।

नेपाल बलर शीर मल्लले सर्वाधिक ३ विकेट लिएका थिए । त्यस्तै आकास चन्दले २ विकेट लिए भने प्रतिस जिसी र हरिबहादुर चौहानले एक एक विकेट लिएका थिए । भारतका तीन ब्याट्सम्यान रनआउट भएका थिए ।   

नेपाली युवा टिम यस अघि खेलेको पहिलो खेलमा भारतीय अन्डर १९ सी टिमसँग १० विकेटले पराजित भएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै