• २०८१ बैशाख १४ शुक्रबार

ईटालीको सुन्दर भेनिस शहर डुबानमा (फोटो फिचर)

kharibot

तस्बीर : एएफपी

भेनिस । उत्तरी ईटालीको पूर्व दक्षिण तटमा रहेको भेनिस, पानीमा तैरिरहेको सुन्दर शहर अहिले पानीमा डुबेको छ । एक सय २० वटा साना द्विपलाई आपसमा जोड्ने ४ सयभन्दा बढी पुल र नहरहरू रहेको भेनिसमा पानीको मात्रा बढे संगै त्यहाँको घरहरु डुबानमा परेका छन् । 

समुन्द्री छाल शहर नै डुब्नेगरि बढेको छ, यो ५० वर्ष यताको सबै भन्दा ठुलो पनिको वहाव रहेको विज्ञहरु बताउछन् । 

टाइड मनिटरिङ सेन्टरको अनुसार पानीको सतह १९२३ र १९६६ मा जम्मा दुई मिटर मात्र बढेको थियो तर अहिले टाइड छ फिट धेरै भएको छ ।

फोटोमा प्रसिद्ध पर्यटकीय क्षेत्र पुरै पोखरी बनेको छ भने आँधीहुरीपछि पानीले भरिएको भेनिस स्ट्रिटमा मानिसहरु हिड्दै छन् ।

सेन्ट मार्क्स स्क्वायर – शहरको सबै भन्दा तल्लो भागमा रहेको ठाउँ – सबै भन्दा धेरै बाढीले ग्रसित क्षेत्र हो । चर्चको रेकर्ड अनुसार सेन्ट मार्क्स बेसिलिका १२ सय वर्षमा छैठौ पटक डुबानमा परेको छ ।

सेन्ट मार्क काउन्सिलको एक सदस्य पियरपाओलो क्याम्पोस्ट्रिनीले पछिल्लो २० वर्षमा चार पटकसम्म बाढीले सताएको बताएका छन् । 

भेनिसलाई एड्रियटिक समुन्द्रबाट छुट्टयाउने पेलेस्ट्रिना टापूमा दुई जना मानिसको मृत्यु भएको छ । 

भेनिसका मेयर लुइगी ब्रुगनारोले यसलाई आपत्कालिन स्थिति घोषणा गर्दै यसले दिर्घकालिन असर गर्ने बताएका छन् । 

धेरै पसलहरु पानीमा डुबेका छन् । कुर्सी तथा टेबलहरु क्याफे र रेस्टुरेन्टको बाहिर तैरिरहेका छन् । 

पसलमा कामदारहरु पानीले हुनसक्ने अरु नोक्सान बाट जोगाउन सामान सार्दै छन् । 

तीनवटा पानीमा चल्ने बस डुबिसकेका छन् तर पनि पर्यटकहरु सकेसम्म साइट हेर्न व्यस्त छन् । बाढीले बगाएर ल्याएको काठको टुक्राहरू जोडेर हिड्नलाई झुला जस्तै बनाईएको छ । बुधवार डुंगाहरु पल्टिएको अवस्थामा थिए ।

सन् २००३ देखि भेनिस बचाऊ अभियान सुरु गरीएको छ तर सधै मूल्यवृद्धि र आलोचनाको कारण ढिलाई हुँदै आएको छ ।  अभियान अन्तर्गत शहरलाई ठुलो सामुन्द्रिक छालबाट जोगाउन फ्लोटिङ् गेट्स बनाउने योजना गरिएको छ ।

ईटालीमा मंगलवार भारि वर्षात भएको थियो र आगामी दिनहरुमा मौसम अझ खराब रहने अनुमान गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै