• २०८१ बैशाख २२ शनिबार

डोनल्ड ट्रम्पबिरुद्ध महाभियोग : पहिलो पल्ट सार्वजनिक सुनवाई हुदै 

kharibot

वाशिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको बिरुद्ध महाभियोगमा पहिलो पल्ट वाशिङ्गटनमा सार्वजनिक सुनवाई हुदै छ । महाभियोग कार्यवाहीमा शीर्ष अमेरिकी नेताले पनि ट्रम्पमाथि आरोप लगाएका छन् ।

ट्रम्पले आफ्नो राजनितिक प्रतिद्वन्द्वी जो बाइडेन माथि अनुसन्धान गर्नको निम्ति यूक्रेनको राष्ट्रपति वोलोदमीर जेलेन्स्किलाई दबाव दिएको आरोप छ तर ट्रम्पले यसको लगातार अस्विकार गर्दै आएका छन्।

सुनवाईको सुरुवातमा यूक्रेनका अमरिकी राजदूत बिल टेलरले डेमोक्रेटिक नेता जो बाइडेनको बिरुद्धमा  जाँच गर्न यूक्रेनलाई ट्रम्पले नै भनेको बताएका छन् । टेलरको अनुसार उनका  स्टाफलाई  बाइडेनको बिरुद्धमा जाँच गर्न ट्रम्प निश्चित थिए । 

अर्को  अमेरिकी नेता जर्ज केंटले  ट्रम्पका वकिल रूडी गुलियानीले यूक्रेनमा अमेरिकी अधिकारिहरुको बदनाम गर्न यस्तो आरोप लगाएको बताएका छन् । 

ट्रम्पले महाभियोगको  सुनवाईमा केहि मतलब नरहेको बताएका छन्। उनले भनेका छन्, "म संग यसको लागि सामय छैन र यो दुर्भावनाले प्रेरित छ, यो झुट हो।"

राष्ट्रपति ट्रम्प आफ्नो ओभल अफिसमा टर्कीका राष्ट्रपति रिचप तय्यप अर्देआ संग बुधवार भेटवार्ता गर्दै थिए । उनले यस विषयमा केहि कुरा नगर्ने बताएका छन् । 

डोनल्ड ट्रम्पको ठुलो छोराले ट्वीटबाट सुनवाईको भत्सना गरेका छन् र लेखेको छन्, "यो ती राजनीतिक एलिटहरूका सहि उदाहरण हो जो असली अमेरिकीलाई घृणा गर्छन्, यिनीहरुलाई साँचिकै जनताको बारेमा केहि थाहा छैन ।"

अमेरिकी मीडियाको अनुसार, डेमोक्रेटिक पार्टीले आफ्नो सहयोगि संग बुधवार बसेको एक बैठकमा  हाउस स्पीकर नेन्सी पेलोसीले राष्ट्रपति ट्रम्पले आफ्नो स्पष्टीकरण दिनुपर्ने बताएकी छन् । 

उनले भनिन्, " यो हाम्रो  देशको  सबैभन्दा  गम्भीर घटना हो, यसलाई रोक्न पनि सकिन्थ्यो, हामी मध्य कसैलाई पनि  राष्ट्रपतिमाथि  महाभियोग चलाउने मन छैन ।"

यूक्रेनको कार्यकारी अमेरिकी राजदूत बिल टेलरले गवाहीमा भनेका छन् कि  उनलाई  एक सहयोगी र यूरोपेली संघमा  अमेरिकी राजदूत गोर्डन सोन्डलेन्डसंग  ट्रम्पले फोन गरेर यूक्रेनीलाई अगाडी बढ्न भनेको हुन् ।  

उक्त फोन पश्चात उनले आफ्नो स्टाफको  एक सदस्यलाई  सोन्डलेन्डको विषयलाई लिएर सोधेको थिए कि यूक्रेनको  बारेमा  ट्रम्पको के विचार रहेको छ। 

टेलरले आफ्नो बयानमा भनेका छन्  राजदूत सोन्डलेन्डको जवाबमा  ट्रम्पले भने यूक्रेन भन्दा पनि धेरै बाइडेनको चिन्ता छ। 

केहि दिन पहिला ट्रम्पले सोन्डलेन्डलाई राम्रोसंग पनि चिन्दिन भनेका थिए। टेलरको पहिलो सुनुवाईमा उक्त कलको बारेमा केहि जानकारी दिईएको थिएन। 

ट्रम्पले यूक्रेनलाई दिने सैन्य सहायता रोकेको आरोप छ। यूक्रेनको नयाँ राष्ट्रपति जेलेन्स्की माथि बाइडेन को विरुद्धमा जाँच घोषणा गर्न दबाव दिन उनले यस्तो गरका हुन् ।  

अमरीकामा सन् २०२० मा राष्ट्रपति चुनाव हुँदै छ र डेमोक्रेटिक पार्टीबाट बाइडेन संभावित उम्मीदवार रेहका छन् ।  ट्रम्पको विरुद्धमा महाभियोग जाँच एक महिना देखि चलिरहेको छ तर यस भन्दा अगाडीको सबै सुनुवाई बन्द कोठामा भएको थियो। बुधवार यस विषयमा पहिलो पल्ट  सार्वजनिक रुपमा सुनवाई सुरु भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै