• २०८१ बैशाख २३ आइतबार

सातामा बजार परिसुचक ११ सय ३५ अंकमा : एक अर्ब ७२ करोड करोडको किनबेच

kharibot

काठमाडौ । यो साता सेयर कारोवार रकम गत साताको तुलनामा बढेको छ।

यो साता नेप्सेमा एक सय ७३ कम्पनीहरुको कारोवार भएकाछन्। जसअनुसार २५ हजार चार सय ८१ वटा कारोवारमा ५८ लाख २८ हजार नौ सय १६ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ७२ करोड ६७ लाख ८२ हजार ९९ रुपैयाँ पुगेको छ। 

गत साता भने नेप्सेमा एक सय ७२ कम्पनीहरुको कारोवार भएका थिए। जसअनुसार २१ हजार एक सय ८५ वटा कारोवारमा ४६ लाख ५० हजार दुई सय ५८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब २३ करोड २२ लाख ७५ हजार सात सय २३ रुपैयाँ पुगेको थियो।

यो साता नेप्सेको नियमित कारोवार कक्ष पाँचै दिन खुल्ला रहेको थियो। जसमध्ये पहिलो, तेस्रो र चौथो दिन नेप्से घटेको थियो भने दोस्रो र अन्तिम दिन नेप्से बढेको थियो। सोही आधारमा यो साता नेप्से ११ सय ३५ दसमलव ९५ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई सय ५० दसमलव छ अंकमा कायम रहेको थियो।

पहिलो दिन नेप्से शुन्य दसमलव १८ अंकले घटेर ११ सय ३१ दसमलव ८० अंकमा झर्दा सेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव ६९ अंकले बढेर दुई सय ४९ दसमलव एक अंकमा चढेको थियो।

दोस्रो दिन भने नेप्से १३ दसमलव ७७ अंकले बढेर ११ सय ४५ दसमलव ५७ अंकमा चढ्दा सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव २८ अंकले बढेर दुई सय ५२ दसमलव २९ अंकमा चढेको थियो। तेस्रो कारोवार दिन नेप्से पुन घटेको थियो। उक्त दिन नेप्से पाँच दसमलव ६१ अंकले ओरालो लागेर ११ सय ३९ दसमलव ९६ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ७३ अंकले घटेर दुई सय ५१ दसमलव ५७ अंकमा झरेको थियो।

चौंथो कारोवार दिन पनि नेप्से चार दसमलव आठ अंकले घटेर ११ सय ३५ दसमलव १६ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ३९ अंकले घटेर दुई सय ५० दसमलव १८ अंकमा झरेको थियो।

अन्तिम कारोवार दिन बिहिबार भने बजार परिसुचक शुन्य दसमलव ७९ अंकले बढेर ११ सय ३५ दसमलव ९५ अंकमा चढेको थियो भने सेन्सिटिभ इन्डेक्स शुन्य दसमलव ११ अंकले घटेर दुई सय ५० दसमलव छ अंकमा झरेको थियो। 

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा एनएमबी बैंक, प्रभु बैंक एनआईसी एशिया बैंक आदि परेकाछन। सेयर कारोवार भएको संख्याको आधारमा पनि यो साता प्रभु बैंक, एनएमबी बैंक, एनआईसी एशिया बैंक आदि परेकाछन।

बजार पुंजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक आदि परेकाछन।

यो साता प्राईम कर्मसियल बैंकको प्रतिकित्ता ३६ लाख ८२ हजार दुई सय ५० कित्ता सेयर सुचीकृत भएको छ। प्राईमले कन्काई बिकास बैंकलाई प्राप्ती गरेपश्चात उक्त सेयर सुचीकृत भएको हो।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै