• २०८१ बैशाख २६ बुधबार

मन्त्रिमण्डल पुनर्गठनमा ढिलाई !

kharibot

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओली मन्त्रिमण्डल पुनर्गठनका लागि जुटे पनि अन्ततः आज (बुधबार) मन्त्रिमण्डल पुनगर्ठन नहुने भएको छ ।

दुई अध्यक्षबीच राष्ट्रपति विद्यादेवी भण्डारीको मध्यस्थतामा मन्त्री हेरफेरमा सहमति जुटाएको थियो । नेकपा सचिवालयको वैठकले आजै मन्त्रिमण्डल पुनर्गठन गर्ने भनिए पनि आज मन्त्रिमण्डल विस्तार हुन नसकेको हो ।

अहिले नयाँ मन्त्रीका लागि घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, जनार्दन शर्मा, देवेन्द्र पौडेल, प्रभु साह, पम्फा भुसाल, वसन्त नेम्वाङलगायत नेताहरु चर्चामा छन् । त्यस्तै उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेलाई समेत मन्त्री बनाउने चर्चा रहेको छ । त्यस्तै लेखराज भट्ट, कृष्णगोपाल श्रेष्ठ, पार्वत गुरूङ, महेश बस्नेत, पदम गिरी, प्रेम आले र यज्ञराज सुनुवारको समेत चर्चा रहेको छ । 

यसै बीच कुन कुन मन्त्री बाहिरिन्छन् भन्नेमा अझै अन्योल नै रहेको छ । 

कार्यसम्पादन कमजोर हुने बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, खेलकुदमन्त्री जगत विश्वकर्मा, कृषि पशुपंक्षीमन्त्री चक्रपाणि खनाल बलदेव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लालबाबु पण्डित, खानेपानीमन्त्री बिना मगरलगायत छन् ।

कृषिमन्त्री खनाल र उद्योगमन्त्री यादवले बिभिन्न मिडियामा आफुलाई प्रधानमन्त्रीले हटाउन लागेको स्पष्ट गरिसकेका छन् ।

नयाँ मन्त्री बन्नेमा सुरेन्द्र पाण्डे, लेखराज भट्ट, प्रभु शाहको नाम अगाडी देखिएको छ भने बिना मगर, रघुवीर महासेठको मन्त्रालय परिवर्तन हुने बताइएको छ । 

प्रधानमन्त्री ओलीले कम्तिमा पाँच जना पुराना मन्त्रीलाई हटाउने र अन्यको मन्त्रालय हेरफेर गर्ने तयारी गरेको बालुवाटार स्रोतले बताएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै