• २०८१ बैशाख १४ शुक्रबार

सङ्खुवासभाको ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

kharibot

खाँदबारी । सङ्खुवासभाको चिचिला गाउँपालिका– १ मा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा परी भोटखोला गाउँपालिका–५ का २२ वर्षीय ट्र्याक्टर चालक मनोज तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

सदरमुकाम खाँदबारीबाट सामान लिएर मकालुको नुम तर्फ गइरहेको ग १ त ४१६४ नं को ट्र्याक्टर कुवापानीमा अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेको र घटनास्थलमै चालक तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सन्तोषकुमार राईले बताए।

तामाङको शब परीक्षण गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै