• २०८१ बैशाख २७ बिहीबार

भोजपुरको चेङ्गवेनीमा एनआईसी एसियाको नयाँ शाखा

kharibot


काठमाडौं ।   एनआईसी एसिया बैंकको नयाँ शाखा भोजपुर न.पा. ०७, चेङ्गवेनी चोकमा विस्तार गरिएको छ ।  भोजपुर शाखाको शुक्रबार एक समारोहका बीच भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले विधिवत् उद्घाटन गरेका हुन् ।

भोजपुर शाखाको उद्घाटनसँगै हाल यस बैंकले अधिराज्यभर १३३ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरबाट ग्राहकमहानुभावहरुमा सेवा प्रदान गर्दै आइरहेको छ । शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै