• २०८१ बैशाख २० बिहीबार

वरिष्ठ पत्रकार गुरुवाचार्यको निधन 

kharibot

काठमाडौं । वरिष्ठ पत्रकार विनय गुरुवाचार्यको शुक्रबार बिहान निधन भएको छ ।

लामो समयदेखि पार्किन्सनसम्बन्धी समस्याबाट पीडित ८२ वर्षीय गुरुवाचार्यको शुक्रबार थापाथलीस्थित आफ्नै निवासमा निधन भएको हो ।

गुरुवाचार्यले अन्तर्राष्ट्रिय समाचार समिति एशोसिएटेड प्रेस (एपी)को काठमाडौँस्थित प्रतिनिधिका रुपमा ३८ वर्ष काम गरेका थिए ।

उनले जापानको ‘माइनिची सिम्बुन’ दैनिक पत्रिकामासमेत नेपालस्थित प्रतिनिधि बनेर काम गरेका थिए । उनले नेपालबाट हिमाललाई विश्व समुदायमा चिनाउन महत्वपूर्ण योगदान पुर्‍याएका थिए ।

उनकै अगुवाइमा नेपाल वातावरण पत्रकार समूह गठन भएको हो । 

गुरुवाचार्यले अमेरिकाको इन्डियाना युनिर्भसीटी, ब्लुमिङ्टनबाट पत्रकारितामा स्नातकोत्तर गरेका थिए । स्व गुरुवाचार्यका श्रीमती, छोरी र छोरा छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै