• २०८१ बैशाख २० बिहीबार

काँग्रेससँग मिल्ने घोषणासँगै भक्तपुरमा राप्रपा (संयुक्त) भित्र उथलपुथल, जिल्ला सचिवको राजीनामा 

kharibot

काठमाडौं । उपनिर्वाचनको मिति नजिकिदै गर्दा चुनावी माहोल पनि तात्न थालेको छ । यसक्रमआमा भक्तपुरमा हुने प्रदेश सभाको उपनिर्वाचनमा काँग्रेस र राप्रपा संयुक्त मिलेपछि राप्रपा संयुक्तमा भने उथलपुथल भएको छ ।

राप्रपा संयुक्तका नेता रविन्द्र प्रताप शाहको पहलमा काँग्रेससँग सहकार्य गर्ने निर्णयसँगै जिल्लाका पार्टी सचिव सन्तोष केसीले राप्रपालाई सहयोग गर्ने अडान लिएका छन् । उनले काँग्रेसलाई सहयोग गर्ने निर्णय गलत भएको भन्दै आफु राप्रपा उम्मेदवारलाई नै सहयोग गर्ने खरीबोटसँगको कुराकानीमा बताए ।   

यस अघि संयुक्त अधिराज्य अमेरिकाको भ्रमणमा रहेका राप्रपा अध्यक्ष कमल थापाले ट्विट गर्दै मंसिर १४ को उपचुनावमा राप्रपाको उमेदवार नभएका स्थानमा आगामी उपचुवावमा समान बिचारधारा भएको राप्रपा (संयुक्त) को पक्षमा प्रचार गर्न र मतदान गर्न म राप्रपाका कार्यकर्ता,सहयोगी र समर्थकहरुलाई आह्वान गरेका थिए । उनले यस्तै सद्भाव,सहयोग राप्रपा (संयुक्त) बाट प्राप्त हुने आशा र बिश्वास व्यक्त गरेका थिए ।

यसको लगत्तै सामाजिक संजालको कम प्रयोग गर्ने राप्रपा (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर राणाले पनि ट्विट गर्दै लेखे "मङ्सिर १४ गते गतेको उप-निर्वाचनको सन्दर्भमा रा.प्र.पा अध्यक्षजीको ट्विटको स्वागत गर्दै सो उप-निर्वाचनमा रा.प्र.पा (संयुक्त) को उमेदवारी नपरेका ठाउ हरुमा रा.प्र.पा का अध्यक्ष,उपाध्यक्ष  र वडा अध्यक्षका उमेदवारहरुलाई सक्रिय रुपमा सघाउन रा.प्र.पा (संयुक्त) का सबै लाई आग्रह गर्दछु " ।

राप्रपा (संयुक्त ) का अध्यक्ष राणाको ट्विटको केही घण्टा नबित्दै भक्तपुरमा भने नेपाली काङ्ग्रेस र राप्रपा (संयुक्त) बिच सहयोग गर्ने घोषणा सभा नै भयो । 

उपनिर्बाचनमा काङ्ग्रेसलाई भन्दा बढी चिन्ता राप्रपा (संयुक्त) लाई भएको उनीहरुको भनाईबाट प्रष्ट झल्किन्थ्यो । औपचारिक घोषणा सभा नै भएको भएता पनि यो निर्णयलाई भने कार्यकर्ता तहले कार्यान्वयन नगर्ने भन्दै असन्तुष्ट प्रकट गरेका छन् ।" आफ्नो उम्मेदवार खारेज भइसकेपछी हामिले राप्रपालाई सघाउनुको बिकल्प थिएन, तर विभिन्न स्वार्थका कारण काँग्रेसलाई बोक्न खोजियो, यो हामिलाई अस्वीकार्य छ " राप्रपा (संयुक्त) का जिल्ला सचिब सन्तोष केसीले भने । "मैले पदबाट राजीनामा दिसकेको छु, राप्रपाको चुनाव प्रचारमा सहयोग गरिरहेको छु, धेरै साथिहरुको असन्तुष्टि छ, कोहि त नेकपामा नै प्रवेश गरिसके, ठुलो गल्ती भयो " –केसीले थपे ।

नेताहरुमा रहेको कुण्ठा, अदुरदर्शिता र अकर्मण्यताको सिकार कतिजेन्ल भईरहने भन्दै राप्रपा (संयुक्त) भक्तपुरका नेताहरुले काङ्ग्रेसलाई सहयोग गर्ने निर्णय कार्यान्वयन नहुने र पार्टीलाई कसैको भाइ पार्टी हुन नदिने तयारी गरिरहेको बुझिएको छ ।

राप्रपा र राप्रपा (संयुक्त) बिच एकताको माहोल निर्माण भएको टिप्पणी भईरहदा भक्तपुरको यो घटनाले एकता प्रक्रियामा जटिलता थपिएको अनुमान गरिएको छ ।

भक्तपुर प्रकरणपछि राप्रपा अध्यक्ष थापाले "जसले जे भने पनि हिन्दुराष्ट्र र राजसंस्था प्रति आस्था राख्ने मतदाताहरुलाई एकताबद्ध रहन आह्वान गर्दछु " भनी फेरि ट्विट गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै