• २०८१ बैशाख २६ बुधबार

मेरो गाउँ, मेरो ठाउँ भिडियो च्यालेञ्जको घोषणा, कसरी सहभागी हुने ?

kharibot

काठमाडौँ । वी विल राईज फाउण्डेसनको आयोजनामा हुन गइरहेको राष्ट्रव्यापी अभियान ‘मेरो गाउँ, मेरो ठाउँ’, भिडियो च्यालेञ्ज २०२० को शुक्रबार घोषणा भएको छ ।

मुलुकभर ओझेलमा रहेका पर्यटकीय थलोहरु उजागर गर्ने प्रयास स्वरुप वी विल राईज फाउण्डेसनले सुरु गरेको राष्ट्रव्यापी अभियान ‘मेरो गाउँ, मेरो ठाउँ’, भिडियो च्यालेञ्ज प्रतियोगिता दोस्रो पटक हुन लागेको हो ।

प्रतियोगिताको घोषणा समारोह नेपाल भ्रमण बर्षका राष्ट्रिय संयोजक सुरज वैधको प्रमुख आतिथ्यमा घोषणा गरिएको छ ।

घोषणा कार्यक्रममा बोल्दै बैद्यले यस अभियानले भ्रमण बर्षमा राम्रो योगदान गर्ने बताउदै सगरमाथा र बुद्धको देश मात्र भनेर चिनिन नहुने विचार व्यक्त गरेका थिए ।

यस अघि पहिलो प्रतियोगितामा उत्साहजनक सहभागिताका साथ १ सय ३२ भिडियोहरु सहभागी भएका थिए । जसमा विभिन्न ८ विधाका विजेताहरुलाई एक कार्यक्रमको आयोजना गरेर पुरस्कृत गरिएको थियो ।

यसले मुलुकका दुरदराजका क्षेत्रहरु सम्म भ्रमण वर्ष बारे जनचेतना फैलाउन समेत सहयोग पुग्ने विस्वासकासाथ आयोजक वि विल राइज फाउन्डेसनका निर्देशक निर्मल श्रेष्ठले प्राप्त भिडियोहरुको उचित प्रचारप्रसार गर्नसके यो आन्तरिक तथा बाह्य पर्यटन प्रर्बद्धनका लागि ठूलो सहयोगी हुन सक्ने विश्वास व्यक्त गरेका छन् ।

कसरी सहभागी हुने ?

यो प्रतियोगिता ठिक एक सय (१००) दिन चल्ने छ भने सहभागी हुन चाहने प्रतियोगीले डिसेम्बर १ देखि मार्च ९ सम्म आफ्ना भिडियोहरु पठाईसक्नु पर्नेछ । सहभागी वृत्तचित्रको गुणस्तर न्यूनतम फूल एचडी (१९२०x१०८०) पिक्सेलको र समय अधिकतम ५ मिनेटको हुनुपर्ने छ ।

प्रतियोगीहरुले फाउण्डेसनको वेबसाइटमा रेजिष्ट्रेसन फर्म भरी गुगल ड्राइभबाट भिडियो पठाउन सक्नेछन् । निर्णायक मण्डलले आएका भिडियोहरु मध्येबाट १० विधागत अवार्डका लागि ७० भिडियो मनोनयन गर्नेछन् । छनौटमा परेका १० उत्कृष्ट भिडियोहरुलाई आगामी अप्रिलमा बृहत कार्यक्रम गरी पुरस्कार वितरण गरिनेछ ।

विधा र पुरस्कार रकम :

अवार्डका विधाहरु                                पुरस्कार रकम    
बेष्ट भिडियो अफ द इयर                          रु. पँच लाख
पब्लिक च्वाईस अवार्ड                             रु. तीन लाख
बेष्ट डिरेक्टर                                          रु. तीन लाख
वुमन भिडियो मेकर अफ द इयर               रु. एक लाख
फ्युचर स्टार अफ द इयर                         रु. एक लाख
मोष्ट पोटेन्सियल डेस्टीनेसन                      रु. एक लाख
मोष्ट एनरजेटिक भिडियो मेकर                 रु. एक लाख
बेष्ट स्क्रीप्ट भ्वाईस ओभर                         रु. एक लाख
वेष्ट सिनेमाटोग्राफर                               रु. एक लाख
वेष्ट एडिटर                                          रु. एक लाख

साथै बेस्ट भिडियो अफ द इयर र पब्लिक च्वाइस अवार्ड विजेतालाई नेपाल फिल्म एकेडेमीबाट दुई-दुई लाख बराबरको फिल्मसम्बन्धि अध्ययनको छात्रवृत्ति दिइने छ ।

प्रतियोगिताका नियमहरु :

१.‘मेरो गाउँ मेरो ठाउँ, भिडियो च्यालेन्ज २०१९ डिसेम्बर १ ९२०७६ मंसिर १५० देखि   १०० दिनसम्म  संचालन हुनेछ ।  निर्माताहरुले २०१९ डिसेम्बर १ ९२०७६ मंसिर १५० देखि २०२० मार्च ९ ९२०७६ फाल्गुन २६० तारिखसम्म भिडियो समावेश गरिसक्नुपर्नेछ ।

२. भिडियो च्यालेन्जमा सहभागि हुने भिडियो नेपाल भित्रै छायांकन गरिएको हुनु पर्नेछ । 

३. भिडियो च्यालेन्जमा एकल, समूहगत वा संस्थागत रुपमा सहभागि हुन सकिनेछ । 

४. फरक-फरक बिषयवस्तु समेटेर एकै ब्यक्ति, संस्था वा समूहले एक वा सो भन्दा बढी भिडियो समेत प्रतियोगितामा समावेश गर्नसक्नेछन् । 

५. सहभागि भिडियोको गुणस्तर न्यूनतम फुल एचडी १९२०ह १०८० पिक्सेल हुनुपर्नेछ ।

६. प्रतियोगितामा सहभागि भिडियोको सर्वाधिकार निर्माण गर्ने ब्यक्ति, समूह वा संस्थाकै हुनुपर्नेछ । यदी दोस्रो पक्ष सँगको समझदारीमा श्रृब्य, दृष्य र संगित  समावेश गरेको भए दुबै पक्षविच भएको संझौता पत्र समावेश गर्नु पर्नेछ । उक्त भिडियोमाथि कसैको प्रतिलिपिअधिकार दाबी भए सम्बन्धित पक्ष नै जवाफदेही हुनुपर्नेछ । अवैध ढंगले समावेश भिडियो स्वतस् अयोग्य ठहर हुनेछ ।

७. भिडियो निर्माता ब्यक्ति, समूह र संस्थाले भिडियोमा समावेश गर्ने श्रृब्य, दृष्य र संगीत आफैले उत्पादन गरेको वा कपिराईट दाबी नहुने हुनुपर्नेछ ।

८. भिडियो निर्माता ब्यक्ति, समूह र संस्थाले आफुले भिडियो निर्माण गर्दा सहभागि भएका सबै ब्यक्ति, प्राविधिकहरुको जानकारीभिडियोको अन्तमा राखिने क्रेडिटलाईनमा समावेश गर्नुपर्नेछ । 

९. भिडियो प्रतियोगितामा समावेश भएका भिडियोहरुलाई वी विल राईज फाउण्डेसनको स्वतन्त्र निर्णायक चयन समितिले पुरस्कारलाई सिफारिस गर्नेछ । 

१०. बिषयगत र विधागत रुपमा पुरस्कृत भएको भिडियोलाई पूर्व घोषणा अनुसार नगद पुरस्कार प्रदान गरिनेछ । यसरी घोषणा गर्दा एउटै भिडियोले बढी पुरस्कार पनि पाउन सक्नेछन ।

११. नेपालको ब्यक्तिगत, धार्मिक र सामाजिक सहिष्णुतामा खलल पार्ने किसिमले निर्माण गरिएको भिडियोलाई प्रतियोगितामा समावेश गरिने छैन । 

१२. प्रतियोगितामा सहभागि भएका भिडियोहरुलाई विभिन्न टेलिभिजन, सामाजिक संजाल फेसबुक, युट्युव च्यानलहरू मार्फत गैरनाफामुलक ढंगले प्रचार प्रसारका लागि प्रयोगमा ल्याईनेछ ।

१३. प्रतियोगितामा सहभागि भएर नोमिनेसनमा परेका भिडियोहरुको सर्वाधिकार विजेता घोषणा भएको मितिबाट सुरू हुनेगरी दुईवर्ष वी विल राईज फाउण्डेसनमै निहित रहनेछ । युट्युब च्यानल, सामाजिक संजाल वा अन्यकुनै माध्यमबाट भएको आम्दानी फाउण्डेसनले सामाजिक कल्याणकारी कार्यमा खर्च गर्नेछ ।

१४. दुईवर्षको अवधि भित्र निर्माताले उक्त भिडियो वा भिडियो को कुनै अंश प्रयोग गर्नुपरेमा फाउण्डेशनको स्वीकृति अनिवार्य लिनुपर्नेछ ।

यस अभियानमा खरीबोट डट कम मिडिया सहयोगीको रुपमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै