काठमाडौँ । जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले बुधबार थप ६ स्वर्ण पदक जितेर कुल २९ स्वर्ण पदक जितेको छ । सोमबार एकै दिन १५ वटा स्वर्ण जितेको नेपालले मंगलबार भएको खेलमा ८ स्वर्ण जितेको थियो भने बुधबार थप ६ स्वर्ण पदक जितेको हो ।
नेपालले बुधबार साकिलिङमा २ स्वर्ण पदक जित्यो भने तेक्वान्दोबाट पनि थप दुई स्वर्ण पदक जित्यो । त्यस्तै उसु र कराँतेबाट बुधबार थप एक एक स्वर्ण जितेर स्वर्णको संख्या २९ पुर्याएको छ ।
नेपाललाई साइक्लिङको डाउनहिलतर्फ पुरुषतर्फ राजेश मगर र महिलामा निश्मा श्रेष्ठले स्वर्ण पदक जिताएका हुन् । दक्षिण एशियाली खेलकूदको साइक्लिङमा नेपालले पहिलोपटक स्वर्ण पदक जितेको हो । त्यस्तै तेक्वान्दोमा सक्षम कार्की र संगीता बस्यालले नेपाललाई स्वर्ण पदक जिताएकी छन् ।
त्यसति कराँतेमा अनुपम मगर र उसुमा दीपक हमालले एक एक स्वर्ण पदक जिते ।
पदक तालिका :
नेपालले अहिलेसम्म कराँतेतर्फ १० स्वर्ण पदक जितेको छ भने तेक्वान्दोतर्फ ११ स्वर्ण पदक जितेको छ । त्यस्तै नेपालले उसुतर्फ ३, ट्रायथलन र साइक्लिङमा २-२ स्वर्ण र एथलेटिक्समा एक स्वर्ण जितेको छ ।
योसंगै अहिलेसम्म नेपालको स्वर्ण पदक संख्या २९ पुगेको छ । त्यस्तै रजत पदक संख्या १५ र काश्य पदक २३ गरि कुल ६७ पदक जितेर शिर्ष स्थानमा रहेको छ । त्यस्तै भारतले २६ स्वर्ण २० रजत र १३ काश्य गरि कुल ५९ पदक जितेको छ । त्यस्तै पाकिस्तानले ९ स्वर्ण, १७ रजत र १५ काश्यसहित ४१ पदक जितेको छ ।
त्यस्तै श्रीलंकाले ८ स्वर्ण २१ रजत र ३७ कास्य गरि कुल ६६ पदक जितेको छ भने बंगलादेशले ४ स्वर्ण, ७ रजत र २५ काश्य गरि कुल ३६ पदक जितेको छ ।
त्यस्तै माल्दिभ्सले साग खेलको इतिहासमा नै पहिलो पटक सय मित्र दौडमा स्वर्ण पटक जितेर इतिहास बनाएको छ । माल्दिभ्सले एक स्वर्ण र २ काश्य पदक जितेको छ भने भुटानले अहिलेसम्म ३ काश्य पदक जितेको छ ।
तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत सातदोबाटोमा बुधबार भएको कराते प्रतियोगितामा स्वर्णपदक प्राप्त नेपाली खेलाडी । तस्वीर : रत्न श्रेष्ठ
अहिलेसम्म नेपाली खेलाडी को-कसले जिते पदक :
स्वर्ण पदक विजेता
कराँतेतर्फ :
१. कराँते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
२. कराँते (टिम काता, महिला) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३. कराँते (टिम काता ,पुरुष)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४. कराँते (५५ केजी) – लक्ष्मण तामाङ
५. कराँते (८४ केजीमाथि)-विप्लवलाल श्रेष्ठ
६. कराँते (४५ केजी मुनी)- कुसुम खड्का
७. कराँते (५० केजी मूनि) अनु अधिकारी
८. कराँते (६७ केजी ) नविन रसाइली
९. कराँते (६८ केजी) सुनिता महर्जन
१०. कराँते (६८ केजी ) अनुपमा मगर
तेक्वान्दोतर्फ :
१. तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ
२. तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु
३. तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ
४. तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य
५. तेक्वान्दो पुम्से (२९ वर्ष माथि )- आयशा शाक्य र सञ्जिकुमार पाण्डे
६. पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
७. पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
८. तेक्वान्दो – काजल श्रेष्ठ
९. तेक्वान्दो – वीर बहादुर महरा
१०. तेक्वान्दो (६७ बर्ष मुनि) – संगीता बस्याल
११. तेक्वान्दो (८७ केजी) - सक्षम कार्की
ट्रायथलनतर्फ
१. सोनी गुरुङ
२. हिमाल टमाटा
उसुतर्फ :
१. विजय सिंजाली (थाउलो)
२. सुस्मिता तामाङ (थाउलो थानछ्वान)
३. दीपक हमाल (थाउलो)
साइक्लिङ
१. राजेश मगर – (डाउनहिल पुरुष )
२. निश्मा श्रेष्ठ – (डाउनहिल महिला)
एथलेटिक्स
१. सन्तोषी श्रेष्ठ - एथलेटिक्स (१० हजार मिटर)
रजत पदक विजेता :
१. चन्चला दनुवार- कराते (एकल काता)
२. दिवस श्रेष्ठ - कराते (८४ केजी मूनि)
३. अनु गुरुङ - कराते (६१ केजी )
४. कृष्णबहादुर तामाङ - तेक्वान्दो पुम्से (१७–२३ वर्ष)
५. लक्ष्मण मल्ल- (ट्रायथलन)
६. भलिबल (महिला)
७. हुमी बुढा मगर – (ट्रायथलन)
८. खो खो
कास्य पदक विजेता :
१. रेजिन रिमाल - तेक्वान्दो पुम्से (२९ वर्ष माथि)
२. अस्मिन राउत र सिना मादेन लिम्बु - तेक्वान्दो पुम्से (१७–२३ वर्ष)
३. जितबहादुर बोट र पार्वती गुरुङ - तेक्वान्दो पुम्से (२३–२९ वर्ष)
४. शीशिर श्रेष्ठ, अष्मिन राउत, दीपेन्द्र गुरुङ - पुरुष टिम पुम्से (१७ –२३ वर्ष)
५. कमल श्रेष्ठ, जितबहादुर बोट र प्रेमबहादुर लिम्बु - पुरुष टिम पुम्से (२३ वर्षमाथि)
६. बसन्त थारु – ट्रायथलन
७. राजीव पुडासैनी – कराँते- टंक कार्की- एथलेटिक्स (१५०० मिटर)
८. टाँक कार्की – एथ्लेटिक्स (पुरुष १५ सय मिटर)