काठमाडौँ । जारी १३औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले अर्को स्वर्ण पदक जितेको छ । विहिबार भएको खेलमा उसुको महिला ५४ केजी समूहको खेलमा जुनी राईले नेपाललाई स्वर्ण दिलाएकी छन् ।
राईले श्रीलंकाकी मधुमलीलाई पराजित गर्दै स्वर्ण पदक जितेकी हुन् ।
उसुमा नेपालले यस सागमा जितेको यो पाँचौ स्वर्ण पदक हो । यस अघि बुधबारसम्म ३ स्वर्ण जितेकोमा विहिबार नै निमा घर्तिमगरले उसुमा चौथो स्वर्ण जिताएकी थिइन् ।
योसँगै यस सागमा नेपालले विहिबार छैठौ स्वर्ण पदक जितेर कुल स्वर्ण पदकको संख्या ३५ भएको छ ।