• २०८१ बैशाख १५ शनिबार

साताको सेयर : नेप्से ११ सय ३१ अंकमा, एक अर्ब ३७ करोडको खरिद बिक्री

kharibot

काठमाडौ । यो साता नेप्से ११ सय ३१ दसमलव ९२ अंकमा पुगेर पुगेको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ४८ दसमलव ७७ अंकमा पुगेर रोकिएको छ । 

नेप्सेको नियमित कारोवार कक्ष पाँच यो साता कार्यदिन नै खुल्ला रहेको थियो । सो मध्ये पहिलो, तेस्रो, चौथो र पाँचौं दिन नेप्से बढेको थियो भने दोस्रो दिन नेप्से घटेको थियो । 

यो साता नेप्सेमा एक सय ७४ कम्पनीहरुको कारोवार भएकाछन । जसअनुसार २३ हजार दुई सय नौ वटा कारोवारमा ४५ लाख ९७ हजार आठ सय ५९ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ३७ करोड २४ लाख २९ हजार पाँच सय ३७ रुपैयाँ पुगेको छ ।

यो कारोवार रकम गत साताको तुलनामा केही बढी हो । गत साता भने नेप्सेमा एक सय ७४ कम्पनीहरुको कारोवार भएको थियो । जसअनुसार २२ हजार एक सय ७४ वटा कारोवारमा ५१ लाख ५१ हजार दुई सय २७ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ३२ करोड १० लाख १७ हजार एक सय ३५ रुपैयाँ पुगेको थियो । 

यो साता पहिलो दिन नेप्से शुन्य दसमलव शुन्य ५४ अंकले बढेर ११ सय १२ दसमलव ८५ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव पाँच अंकले घटेर दुई सय ४६ दसमलव १५ अंकमा पुगेको थियो । दोस्रो दिन नेप्से शुन्य दसमलव ८६ अंकले घटेर ११ सय ११ दसमलव ९९ अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव ४४ अंकले घटेर दुई सय ४५ दसमलव ७१ अंकमा झरेको थियो ।

तेस्रो दिन भने नेप्से तीन दसमलव ७५ अंकले बढेर ११ सय १५ दसमलव ७४ अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव ६३ अंकले बढेर दुई सय ४६ दसमलव ३४ अंकमा पुगेको थियो । चौंथो दिन भने नेप्से आठ दसमलव ७३ अंकले बढेर ११ सय २४ दसमलव ४७ अंकमा पुग्दा सेन्सिटिभ पनि एक दसमलव ५२ अंकले उकालो लागेर दुई सय ४७ दसमलव ८६ अंकमा पुगेको थियो । पाँचौं दिन पनि नेप्से सात दसमलव ४५ अंकले बढेर ११ सय ३१ दसमलव ९२ अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव ९१ अंकले उकालो लागेर दुई सय ४८ दसमलव ७७ अंकमा पुगेको थियो । 

यो साता नेपाल बैंक, बैंक, एनएमबी बैंक, प्रभु बैंक आदिको बढी रकम कारोवार भएको छ भने सेयर कारोवार भएको संख्याको आधारमा एनएमबी बैंकको संस्थापक सेयर, प्रभु बैंक आदि अगाडि परेकाछन । बजार पुंजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिमक, नबिल बैंक, एभरेष्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेकाछन । सेयर सुचीकरणतर्फ भने यो साता मुक्तिनाथ बिकास बैंक, माछापुछ्रे बैंक, नागरिक लगानी कोष, एनआईसी एशिया बैंक आदिको बोनस सेयर सुचीकरण भएकाछन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै