• २०८१ बैशाख १६ आइतबार

साग क्रिकेट : बंगलादेशसँग नेपाल हार्यो, स्वर्ण पदकको सम्भावना सकियो

kharibot

काठमाडौ । जारी १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गतको क्रिकेट खेलमा अहिले नेपाल बंगलादेशको यू-२३ टिमसँग ४४ रनले पराजित भएको छ । 

बंगलादेशले दिएको १५६ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै १११ रन बनाएपछि नेपाल ४४ रनले हार बेहोरेको छ ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाएको थिए भने दिपेन्द्र सिंह ऐरीले १६ रन बनाएका थिए ।

त्यस्तै पारस खड्काले ९, पवन सराफ र आरिफ सेखले शुन्य, रोहित पौडेलले ८, बिनोद भण्डारीले ३, करण केसीले एक, सुशान भारीले २, अविनाश बोहोराले १३ र ललित राजबंशीले ५ रन बनाएका थिए ।

बंगलादेशको यु-२३ का बलर सुमोन खान, तनवीर इस्लाम, सौम्य सरकार र महेदी हसनले २-२ विकेट लिएका थिए ।  

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बंगलादेशको यू-२३ टिमले नेपाललाई १५६ रनको लक्ष्य दिएको थियो ।

बंगलादेशले २० ओभरमा  ६ विकेट गुमाएर १५५ रन बनाएको हो । बंगलादेशका लागि नजमुल होस्सैन शान्तोले सर्वाधिक ७५ रन बनाए भने अफिफ होसैनले २८ बलमा ५२ रन बनाएका थिए । त्यस्तै यासिर अलीले १४ रन बनाएर आउट भए भने मोहमद नैम र सौम्य सरकारले ६-६ रन बनाएका थिए । त्यस्तै असिफ हसन शुन्यमा आउट भएका थिए ।

नेपाली बलर पुर्व कप्तान पारस खड्काले उत्कृष्ट बलिङको प्रदर्शन गर्दै ३ विकेट लिएका थिए । पारसले आफ्नो ४ ओभरको स्पेल पुरा गर्दै ३ महत्वपूर्ण विकेट लिएका थिए । पारसले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिएका हुन् ।

त्यस्तै नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए भने अविनाश बोहोराले एक विकेट लिएका छन् ।

पारसले बंगलादेशका मोहमद नैमलाई ६, सौम्य सरकारलाई ६ र सैफ हसनलाई शुन्य रनमा आउट गरेका थिए ।

यो हारसँगै नेपाल पुरुष क्रिकेटमा स्वर्ण पदकको दौडबाट बाहिरिएको छ । नेपालले चार खेलमा २ जित र २ हार बेहोरेको छ भने नेपालको ४ अंक रहेको छ । नेपालले यस अघि खेलेका ३ खेलमा २ खेलमा जित र एक हार बेहोरेको छ ।

नेपाल अब काश्य पदकका लागि माल्दिभ्स र भुटान मध्ये एक टिमसँग आगामी सोमबार खेल्ने छ भने स्वर्ण पदकका लागि बंगलादेश र श्रीलंका खेल्ने छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै