• २०८१ बैशाख १४ शुक्रबार

सचिवालय बैठक अघि प्रचण्ड निवासमा शिर्ष नेताहरुको छलफल

kharibot

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी निवासमा पार्टीको आगामी रणनीतिका बारेमा छलफल गरेका छन् ।

ललितपुरको खुमलटारस्थित अध्यक्ष प्रचण्डको निवासमा बरिष्ठ नेता माधव कुमार नेपाल, महासचिव विष्णुप्रसाद पौडेल, स्कुल विभाग प्रमुख तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्कुल विभागका उपप्रमुख देवेन्द्र पौडेलसहितको उपस्थितिमा सोमबार बस्ने पार्टीको सचिवालय बैठकमा छलफल गर्ने एजेन्डाका बारेमा छलफल भएको बताइएको छ ।

पार्टीमा कार्यकारी अध्यक्षको भूमिका पाएपछि प्रचण्डले पार्टीको सचिवालय बैठक, स्थाई समिति बैठकसहितका महत्वपूर्ण बैठक बोलाउन सक्रिय रहेका छन् ।

एपेन्डिसाइटिस शल्यक्रियापछि स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्‍त्री बालुवाटार फर्के पनि नियमित काममा फर्किन नसकेका बेला अर्का अध्यक्ष प्रचण्ड पार्टीको काममा सक्रिय भएका हुन् ।

पार्टी एकीकरण भएको डेढ वर्ष वर्ष वितिसक्दा पनि एकीकृत संरचनाहरु निष्कृय जस्तै छन् भने अहिलेसम्म एकीकृत केन्द्रीय समितिको बैठक बस्‍न सकेको छैन भने  स्थायी समितिको बैठक पनि एक वर्षदेखि बस्‍न सकेको छैन । 

त्यस्तै पोलिटब्यूरो कमिटि गठन हुन सकेको अवस्थामा यो छलफलपछि पार्टीको गतिबिधि बढ्ने देखिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै