• २०८१ बैशाख २७ बिहीबार

भुटानमाथि नेपालको शानदार जित : साग फुटबलमा नेपालले जित्यो स्वर्ण

kharibot

काठमाडौँ । १३औ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबल अन्तर्गत नेपालले स्वर्ण पदक जितेको छ । 

सागको अन्तिम दिन नेपालले भुटानलाई फाइनलमा २-१ गोल अन्तरले पराजित गर्दै फुटबलमा स्वर्ण पदक जितेको हो ।

नेपालको जितमा अभिषेक रिजाल र सुनिल बलले एक एक गोल गरेका थिए भने भुटानका लागि एक गोल चेन्चो ग्याल्सेनले गरेका थिए ।

नेपाल पहिलो हाफमा १-१ गोलको बराबरीमा रोकिएको थियो भने दोस्रो हाफमा एक गोल थप्दै खेलमा अग्रता बनाएको थियो ।

नेपालका लागि सुनिल बलले खेलको ५४औ मिनेटमा गर्दै नेपाललाई अग्रता दिलाएका थिए । यस अघि नेपालले खेलको १७औ मिनेटमा १-० गोलको अग्रता लिएको थियो । नेपालका लागि अभिषेक रिजालले १७औ मिनेटमा गोल गर्दै भूटानविरुद्ध अग्रता लिएको थियो । यो अभिषेकले यस सागमा तेस्रो गोल रहेको थियो ।

त्यस्तै भुटानका लागि भुटानका रोनाल्डो भनिने चेन्चो ग्याल्टशेनले खेलको ३७औ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए ।

पहिलो पटक साग फुटबलको फाइनलमा पुगेको भूटानले भने फाइनलमा हारसँगै रजत पदक जितेको छ ।

साथै नेपालले भने साग फुटबलमा चौथो पटक स्वर्ण पदक जितेको छ । नेपालले यस अघि तीन पटक साग फुटबलमा स्वर्ण पदक जितेको थियो ।

नेपाल यसअघि १९८४, १९८७, १९८३, १९९९ र २०१६ मा फाइनल पुगेको थियो भने १९८४, १९९३ र २०१६ मा स्वर्ण पदक जितेको थियो ।

योसहित यस सागमा नेपालको स्वर्ण पदकको संख्या ५१ पुगेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै