• २०८१ बैशाख १५ शनिबार

वडा सचिव दुई लाख घुससहित पक्राउ

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीका महादेवा गाँउपालिका वडा नं.६ का वडा सचिबलाई दुई लाख घुससहित पक्राउ गरेको छ ।

अख्तियारले वडा सचिव नासु नबोनाथ मिश्रालाई जन्मदर्ता प्रमाण-पत्र बनाईदिने भन्दै लिएको दुई लाख घुससहित पक्राउ गरेको जनाएको छ ।

सचिव मिश्रालाई घुससहित राजबिराज नगरपालिका वडा नं. २ तित्रीगाछीबाट नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै