• २०८१ बैशाख १८ मंगलबार

नेप्सेमा १० अंकको बृद्धि :  ५५ करोडको कारोवार 

kharibot

काठमाडौ । साताको चौंथो कारोवार दिन आज बुधबार पनि नेप्से उच्च अंकले बढेको छ । नेप्से आज १० दसमलव ११ अंकले बढेर ११ सय ६१ दसमलव ४७ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि एक दसमलव ६९ अंकले बढेर दुई सय ५५ दसमलव १९ बिन्दुमा चढेको छ ।

एक सय ७३ कम्पनीहरुको सात हजार एक सय ७२ वटा कारोवारमा २० लाख ४३ हजार छ सय पाँच कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ५५ करोड १३ लाख ७७ हजार आठ सय ५२ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा उत्पादनमुलक सुचक घटेपनि बाँकी ११ वटा समुहको सुचक उच्च अंकले बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दसमलव २७ अंकले बढेर एक हजार ४६ दसमलव १५ बिन्दुमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि १६ दसमलव आठ अंकले बढेर १५ सय ८६ दसमलव २९ बिन्दुमा चढेको छ ।

जलबिद्युत समुहको सुचक पनि छ दसमलव दुई अंकले बढेर नौ सय ४७ दसमलव २५ बिन्दुमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक पनि एक सय १३ दसमलव १३ अंकले बढेर चार हजार तीन सय ७२ दसमलव ७१ बिन्दुमा चढेको छ । यि बाहेक लघुबित्त, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।  

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको नेपाल सेवा लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ९८ पैसाले बढेर चार सय ७४ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको युनिलिभर नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य तीन रुपैयाँ ९५ पैसाले घटेर १८ हजार दुई सय ६१ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल इन्भेष्टमेन्ट बैंकको प्रतिकित्ता एक सय १४ रुपैयाँ अन्तिम मुल्यमा छ करोड ४१ लाख ६१ हजार छ सय ४८ रुपैयाँको कारोवार भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै