• २०८१ बैशाख १४ शुक्रबार

बर्दियामा मोटरसाइकललाई ठक्करबाट एकको मृत्यु, दुई जना घाईते

kharibot

बर्दिया(गुलरिया) । शनिबार साँझ बर्दियाको मधुवन नगरपालिका बडा नं ९ को १२ नम्बर भन्ने स्थानमा तिव्र गतिमा आएको सवारी साधनले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

सवारी साधनको ठक्करबाट मृत्यु हुनेमा गुलरिया नगरपालिका बडा नं ७ को महाकवि स्कुल टोलका २० बर्षिया समीर शाह(गोलु) रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । 

विपरीत दिशाबाट आएको सवारी साधनले भे२प २३१३ मो.सा. अर्को ना५९प ८०७ नम्बर गरि दुई वटा मो.सा. लाई ठक्कर दिँदा शाहको मृत्यु भएको छ भने गुलरिया नगरपालिका बडा नं ७ को रिजवान सिद्दिकी र मधुवन नगरपालिका बडा नं ६ का २७ बर्षिया सरद ओलि घाइते भएको प्रहरीले बताएको छ । 

घाइते मध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको समेत जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने सवारी साधनको पहिचान नभएकोले सवारी साधनको खोजी कार्य जारी रहेको र छिटै नै सवारी साधन पक्राउ गरिने प्रहरीले बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै