• २०८१ बैशाख १९ बुधबार

१७औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन आगामी पुसमा

kharibot

विराटनगर । भाषा, संस्कृति, वेशभूषा, खाद्य परिकार र पर्यटन क्षेत्रको प्रवद्र्धन गर्नका लागि आगामी पुस ६ र ७ गते विराटनगरमा १७औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन आयोजना गरिने भएको छ।

मैथिली एशोसिएशन नेपालका अध्यक्ष प्रवीणनारायण चौधरीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाल, भारत र खाडी मुलुकका ३०० प्रतिनिधिको सम्मेलनमा सहभागिता हुने जानकारी दिए। सो अवसरमा मैथिली उद्यमी, मैथिली चिकित्सक, विभिन्न भाषाभाषी कवयित्रीलाई सम्मान गरिने छ।

नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धन तथा यस क्षेत्रमा रहेका धार्मिक पर्यटनस्थलहरुको समेत प्रचारप्रसार गरिने मैथिली एशोसिएशनका सल्लाहकार पङ्कज बर्माले बताए।

सम्मेलनका अवसरमा चित्रकला, विज्ञान प्रदर्शनी, खाद्य परिकार, चिकित्सक सामग्री लगायत विभिन्न २० कक्ष राखिने उनले बताए।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै