• २०८१ बैशाख १६ आइतबार

ऋतिक रोशनको सुपर ३० को हलिवुड रिमेक बन्ने !

kharibot

मुम्बई । पट्नाका गणितज्ञ आनन्द कुमारको जीवनीमा आधारित फिल्म ऋतिक रोशनको फिल्म सुपर ३० को हलिवुड रिमेक बन्ने भएको छ । मिडिया रिपोर्टका अनुसार पछिल्लो समय हिन्दी सिनेमाको सबै भन्दा उत्कृष्ट कथा भएको सुपर ३० ले विश्वको ध्यान तानेको हो ।  

हलिवुडको रिमेकमा मुख्य भूमिका र निर्देशकको निर्णय भएपछी लेखक संजीव  दत्तले काम सुरु गर्ने बताइएको छ । उक्त रिमेकमा आनन्द कुमारको पनि भूमिका रहने बताइएको छ । 

रिपोर्टको अनुसार अमेरिकन कम्पनीले रिलायन्स इन्टरटेनमेन्ट कम्पनीका  सुभाशिस सिर्कारलाई फिल्मको रिमेक बनाउन प्रस्ताव अघि सारेको बताइएको छ ।  

विकाश बहलद्वारा निर्देशन गरिएको सुपर ३० गत जुलाई १२ मा रिलिज गरिएको थियो । यस फिल्मले बक्स अफिसमा एक सय ४६ करोडको व्यापार गर्दै दर्शकको मन जितेको थियो । 

यस फिल्ममा ऋतिक रोशनका अलवा अभिनेत्री मुनाल ठाकुर र पंकज त्रिपाठीको मुख्य भुमिका रहेको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै