• २०८१ बैशाख २० बिहीबार

कृषि विकास बैंकद्धारा शैक्षिक सामग्री हस्तान्तरण

kharibot

काठमाडौं । कृषि विकास बैंकको क्षेत्रिय कार्यालय काठमाडौद्वारा आज आयोजित कार्यक्रममा बैंकले जनकल्याण माध्यमिक विद्यालय - चन्द्रागरि ७ लाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।

बैंकको सामाजिक सामुदायिक कार्यक्रम अन्र्तगत आयोजना गरिएको उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी तथा हस्तान्त्रण कार्यक्रमका अध्यक्ष कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत श्री अनिल कुमार उपाध्यायले कृषि विकास बैंकले उपलव्ध गराएको ३ थान ल्यापटप, १ थान प्रोजेक्टर र १ थान साउण्ड सिस्टम चन्द्र्रागिरि नगरिपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि श्री घनश्याम गीरी, उपमेयर लिसा नकर्मी समेतको उपस्थितीमा विद्यालयका प्रधानअध्यापक श्री गौतम नकर्मिलाई हस्तान्तरण गरेका हुन्।

स्थानीय नागरीक, विद्यार्थिहरुको बाक्लो उपस्थित रहेको सो समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिल कुमार उपाध्यायले कृषि विकास बैंकले गुणात्मक शिक्षाका लागि विगत देखि नै सामुदायिक विद्यालयहरुलाई केहि न केहि सहयोग गर्दै आएको छ र यसै सिसिलामा यस विद्यालयलाई सहयोग गर्ने अवसर दिनु भएकोमा विद्यालय परिवारलाई हार्दिक धन्यवाद दिंदै चन्द्रागिरी नगरपालीकालाई बैंकसंग कारोबारको सिलसिलामा जोडिन हार्दिक अनुरोध गरे।

नेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धी ल्याउन कृषि विकास बैंकले खेलेको भूमिका बारे चर्चा गरे। उनले ५२ बर्ष अगाडी कृषकहरुको आर्थिक सम्बृद्धी का लागि स्थापीत कृषि विकास बैंकले हाल आधुनिक प्रविधी मार्फत नेपालको कुल जनसंख्याको २५ प्रतिशत जनताहरुलाई आधुनिक तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको बताए।

नेपालमा सबैभन्दा बढि शाखा सञ्जाल भएको तथा बृहत पूँजि भएको यस बैंकले दुरदराज मा रहेका आम किसानहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको तथा उनिहरुको क्षमता बृद्धि का लागि बिभिन्न बित्तिय साक्षरता एवम् तालिमहरुका साथसाथै यस्तै प्रकृतिका सेवामुलक कार्यहरु पनि निरन्तररुपमा गर्दै आईरहेको समेत बताए।

त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि तथा चन्द्रागीरी नगरपालिकाका मेयर श्री घनश्याम गीरीले यस्ता कार्यक्रमले गुणात्मक शिक्षाको अभिवृद्धिका लागि महत्पूर्ण भूमिका खेल्ने तथा सूचना प्रविधिको पूर्ण सदुपयो हुने भएकोले बैंकलाई विशेष धन्यवाद दिदै उपस्थित टोलबासीहरुलाई कृषि विकास बैंकमा नै बैंकिङ्ग कारोबार गर्न अनुरोध गर्दै कृषि विकास बैंकले पुराएको सहयोगको सराहना गरी बैंकको उच्च प्रगतिको कामना गरे।

कार्यक्रमका विशिष्ठ अतिथि तथा चन्द्रागीरी नगरपालिकाका उपमेयर श्री लिसा नकर्मीले यस्ता सामाजिक कार्यले समाजमा बैंकको गरिमा बढाउंदै जाने भएकोले उक्त कार्यको प्रसंसा गर्दै बैंकले पुर्याएको योगदानको प्रसंशा समेत गरे।

कार्यक्रमका अतिथि तथा कृषि विकास बैंक क्षेत्रिय कार्यालय काठमाडौका कामु निर्देशक सुन्दर खतिवडाले बैंक केवल नाफा मुखी व्यवसाय मात्र गरी सामाजिक सेवामा पनि त्यतिकै समर्पित रहने र भविष्यमा पनि गुणात्मक शिक्षाका लागि यस्ता कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गर्ने भन्दै बैंकले संचालनमा ल्याएका सुविधाहरु (एटिएम कार्ड, भिसा कार्ड, आईपिएस, मोवाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, सि.आस्वा सुविधा, डिम्याट सुविधा) को बारेमा समेत जानकारी दिए।

कृषि विकास बैंक लि. थानकोट शाखाका प्रबन्धक श्री नारायणलाल श्रेष्ठले बैंकले उपलव्ध गराएका सेवाहरुका भरमग्दुर उपभोग गर्न हार्दिक अनुरोध गरे।

उक्त कार्यक्रममा कृषि विकास बैंक लिमिटेडका उपमहाप्रबन्धकहरु यज्ञप्रकाश न्यौपाने, धु्रवचन्द्र गौतम, दिर्घ बहादुर अर्याल, विभागीय प्रमुखहरु मिनराज पोखरेल, शंकर कुमार अर्याल, हिमलाल पौडेल, शाखा संचालन विभागका शाखा प्रमुख महेश्वर मरहठा, सामान्य सेवा विभागका शाअ जेनु बस्नेत,  कृषि विकास बैंक कलंकीका प्रबन्धक कल्पना सेंढाई, क्षेत्रिय कार्यालय काठमाडौका शाखा प्रमुख राजेन्द्र रानाभाट, कास छगेन्द्र आचार्य लगायतका अन्य कर्मचारीको समेत उपस्थिती रहेको थियो।

उक्त कार्यक्रमको संचालन क्षेत्रिय कार्यालय काठमाडौका कामुशाप्र शालिकराम ढकालले गरेका थिए।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै