• २०८१ बैशाख २० बिहीबार

नयाँ वर्षमा टाटा मोटर्सले ल्यायो 'नयाँ कार योजना'

kharibot

काठमाडौ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्गले नयाँ वर्ष २०२० को अवसरमा नयाँ वर्ष नयाँ कार योजना ल्याएको छ ।

यस योजनामा सहभागी हुन ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर, हेग्जा र स्ट्रोम लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन । साथै जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा एक लाखसम्मको एक्सचेन्ज बोनस, टेष्ट ड्राइभमा आर्कषक उपहार र प्रत्येक गाडीको खरिदमा एक जोडीलाई स्योर सर्ट सिंगापुर क्रुज डिनर लगायतका विशेष आर्कषणहरु रहेका छन् ।  

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने,“टाटा मोटर्सको प्यासेन्जर कारहरूका लागि अल न्यू ज्यानुअरी थिम प्रस्तुत गर्न पाउँदा एकदमै खुसी छौँ । यो थिमले एउटा ग्राहकले नयाँ वर्षको सुरुवातमा के चाहान्छन् भन्नेलाई सम्बोधन गर्दछ । एउटा राम्रो कारले तपाईँलाई आफ्नो परिवारसँग मिलन गराउँछ । आरामदायी यात्रा, सुरक्षा तथा थप विशेषता भनेकै टाटाले ब्रान्डका रूपमा आफ्ना ग्राहकहरूलाई प्रदान गर्ने कुराहरू हुन्  । 

टाटा मोटर्सका कन्ट्री म्यानेजर अजित नारायण सिंहले भने, 'न्यू इयर कार थिम ज्यानुअरी महिनाभरि नै लागू हुनेछ । यो थिम अन्तर्गत धेरै इभेन्टहरू छन् । त्यसैले यो महिनाभरिका लागि कुनै पनि टाटा प्यासेन्जर कारहरूको खरिदमा एकजोडीलाई सिंगापुर क्रुज प्याकेज पनि पुरस्कार दिइने घोषणा गर्दछौँ । एक्सचेन्ज सहज बनाउनका लागि हामीले रुपैयाँ एक लाखसम्मको एक्सचेन्ज बोनस दिदँछौँ । त्यसैले नयाँ वर्ष २०२० लाई घरमा टाटा मोटर्सका कारहरू भित्र्याई खुसी साथ स्वागत गरौँ ।  साथै नयाँ वर्षको अवसरमा टाटा मोटर्सको अत्याधुनिक सोरुममा पाल्नुभइ नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउनुहुन कंम्पनिले अनुरोध गरेको छ । यो योजना जनवरी २०२० सम्म मात्र लागू हुनेछ ।'  

टाटा मोटर्सका बारेमा

४४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको टाटा मोर्टस् लिमिटेड कार, युटिलिटी गाडीहरू, बस, ट्रक र डिफेन्स गाडीहरू उत्पादन गर्ने विश्वकै अग्रणी अटोमोबाइल कम्पनी हो । ११० अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको टाटा ग्रुपको एक हिस्सा टाटा मोटर्स भारतकै र बृहत् रेन्जमा इन्टिग्रेटेड, स्मार्ट तथा इ–मोबिलिटी सलुसनहरू प्रदान गर्ने एकमात्र ओइएम हो ।

बेलायतमा रहेको ज्यागुअर, ल्यान्डरोभर तथा दक्षिण कोरियास्थित टाटा डेइवुसहित १३४ वटा सशक्त सहायक कम्पनीहरूको विश्वव्यापी संजालमार्फत् टाटा मोटर्स बेलायत, दक्षिण कोरिया, थाइल्याण्ड, दक्षिण अफ्रिका र इन्डोनेसिया टाटा मोटर्स् सञ्चालनमा छ ।

इन्जिनियरिङ तथा प्रविधिद्वारा संचालित अटोमेटिभ सलुसनहरू गर्नमा केन्द्रित टाटा मोटर्स् भारतीय बजारमा कमर्सीयल गाडीको बिक्रेताका रुपमा अग्रस्थानमा छ भने प्यासेन्जर गाडीको अत्यधिक ब्रिकी गर्न सफल उत्कृष्ट चार कम्पनीहरूमा पर्दछ ।

जेननेक्स्ट कस्टमरहरूको अवधारणामा आधारित रही टाटा मोर्टसले सर्वोत्कृष्ट डिजाइन र भारत, बेलायत, ईटली तथा दक्षिण कोरियामा रहेका आर एण्ड डी सेन्टरहरूबाट अभिप्रेरित भई नयाँ नयाँ उत्कृष्ट उत्पादनहरू ल्याउने चाहना टाटा मोर्टसले लिएको छ ।

अन्तर्रा्ष्ट्रिय स्तरमा टाटाका कमर्सियल तथा प्यासेन्जर गाडीहरू अफ्रिका, मध्यपूर्व, दक्षिण एसिया, दक्षिण पूर्वी एसिया, दक्षिण अमेरिका, अस्ट्रेलिया, रूस, लगायत विश्वका विभिन्न देशहरुमा बिक्रीवितरण गरिन्छ ।

सिप्रदीका बारेमा

देशकै ठूलो प्रतिष्ठित ब्राण्ड सिप्रदी टेड्रिङ्ग मुख्यतः अटोमोटिभ तथा एलाइड व्यवसायमा संलग्न छ । ३७ बर्ष देखि यो व्यवसायमा संलग्न सिप्रदीको बार्षिक आय ३५० मिलियन अमेरिकी डलर भन्दा बढी छ । अटोमेटिभ, इनर्जी, लुब्रीकेन्ट, वित्तीय सेवाहरु तथा इक्यूपमेन्ट व्यवसायको क्षेत्रमा द्रुत गतिमा फस्टाईरहेको छ । करिब ७५० कर्मचारीहरु र ६५० सपोर्ट स्टाफहरू एउटै साझा उद्देश्य अर्थात् गुणस्तरीय सेवा र उत्पादन प्रदान गर्नमा प्रतिबद्ध छन् ।

सन् १९८२ देखि टाटा मोटर्स्को एकमात्र बिक्रेता भएको सिप्रदी टेड्रिङ्ग आईएसओ ९००१ः२०१५ प्रमाणित कम्पनी हो । सिप्रदीको नेपालभर सबैभन्दा ठूलो बिक्री तथा सेवा वितरण संजाल रहेको छ । टाटा मोर्टर्सका सम्पूर्ण रेन्जका प्यासेन्जर र कमर्सियल गाडीरुको बिक्रीवितरण गर्न सिप्रदीको नेपालभर ३० वटा बिक्री कार्यालयहरु र ५१ वटा सर्भिस सेन्टरहरू रहेका छन् । साथै देशभर ३०० वटा स्पेयर आउटलेटहरू रहेका छन् ।

सिप्रदी एक्साइड ब्याट्रीज, म्याक लुब्रिकेन्ट्स र मिसेलिन टायरको पनि वितरक हो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै