• २०८१ जेठ ६ आइतबार

सन्दीपले बिग बास लिगमा गरे भ्रमण बर्षको प्रचार

kharibot

काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बिग बास लिग खेल्ने क्रममा भ्रमण बर्षको प्रचार गरेका छन् ।

सन्दीपले बुधबार सिड्नी थण्डरविरुद्धको खेलमा आफ्नो जुत्तामा भिजिट नेपाल २०२० लेखेको जुत्ता लगाएर खेलेका हुन् । एक जुत्तामा भ्रमण बर्षको प्रचार गरेका सन्दीपले अर्को जुत्तामा अस्ट्रेलियामा अहिले भइरहेको आगलागीको बारेमा 'बशफायर हिरोज' लेखेर सहानुभूति व्यक्त गरेका छन् ।

सन्दीपको क्लब मेलवर्न स्टार्सले आफ्नो सामाजिक संजाल ट्वीटरबाट यो जानकारी दिएको छ ।   

अस्ट्रेलियामा पर्यटनमन्त्री योगेश भट्टराई पुगेको विषय विवादमा आइरहेका बेला सन्दीपले अस्ट्रेलियाबाटै भ्रमण बर्षको प्रचार गरेका छन् । सन्दीपको यस कदमको खेलका क्रममा कमेन्टेटरले समेत भ्रमण बर्षको चर्चा गरेका थिए ।

आजको खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै ३९ रन दिएका थिए भने आज कुनै विकेट लिन भने सकेनन् । जारी लिगमा सन्दीपले अहिलेसम्म ६ खेलमा ६ विकेट लिएका छन् ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै