• २०८१ जेठ २ बुधबार

चेपाङ्ग परिवारलाई सोलार बाँडियो

kharibot

बारा । बाराको निजगढ नगरपालिका कार्यालयले नगर भित्र बसोबास गर्दैै आएका लोपउन्मुख चेपाङ्ग परिवारलाई सोलार बत्ती सह्योग गरेको छ । 

यहाँका २८ घरपरिवार बस्दै आएको निजगढ नगरपालिका वडा नं.१३ स्थित चेपाङ्ग बस्तीमा नैं पुगेर नगर प्रमुख सुरेश कुमार खनालले पहिलो चरणमा १४ घरपरिवारलाई सोलार बत्ती हस्तान्तरण गरेका हुँन् । 

सोलार बत्ती हस्तान्तरण पछि स्थानीयलाई सम्बोधन गर्दै नगर प्रमुख खनालले चेपाङ्ग परिवारको आर्थिक अवस्था माथि उकास्न विभिन्न आयमुलक कार्यक्रम ल्याईने भन्दै भावि पुस्ताले दुख नपाउँने गरि योजना बनाइँने प्रतिवद्धता व्यक्त गरे । 

अब चेपाङ्ग परिवारका छोराछोरीलाई पढाई , शिक्षित बनाउँनु पर्ने भन्दै त्यसका लागि नगरपालिका सबैखाले सह्योग गर्न तयार रहेको प्रमुख खनालले बताए । 

सोलार पाए पछि खुसी हुँदै स्थानीय बुद्ध प्रजापतिले नगरपालिकाले आँफुहरुको दु:खमा हेर्ने विश्वास व्यक्त गरे । वडा अध्यक्ष सुर्य घलानले नगरपालिका कै सबै भन्दा पीछडिएको वडा भएकाले विकास गर्न आवश्यक पूर्वाधारका लागि नगरपालिकाको बोर्डमा प्रस्ताव लैजाने बताएका छन् । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै