• २०८१ बैशाख २१ शुक्रबार

प्रदेश-२ की राज्यमन्त्री झाद्वारा राजीनामा

kharibot

जनकपुरधाम । प्रदेश-२ की भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डा. डिम्पल कुमारी झाले राजीनामा दिएकी छन् । प्रदेश सरकारको कार्यप्रति असन्तुष्टि जनाउँदै बुधबार उनले राज्यमन्त्री पदबाट राजीनामा दिएकी हुन् । 

राजपा नेपालबाट राज्यमन्त्री बनेकी डा. झाले प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत, पदीय मर्यादा, पदको प्रतिष्ठा जोगाउन लामो समयदेखिको प्रयास अनुकुल नरहेकाले राजीनामा दिनुपरेको उल्लेख गरेकी छन् । 

राजीनामामा उनले भनेकी छन्, ‘म राज्यमन्त्री भएपछि सरकारको पद र प्रतिष्ठा जोगाउन प्रयास गर्दागर्दै पनि मेरो प्रयासका बाबजुद स्थिति अनुकुल हुने अवस्था नरहेकाले राज्यमन्त्री पादबाट राजीनामा गरेकीछु ।' 

झाको राजीनामालाई राजपाको संघीय केन्द्रीय सरकारमा जाने प्रसंगसँग जोडिएको छ । संघीय सरकारमा राजपा नेपाल सहभागी भए श्रीमान् अनिल झालाई मन्त्री पदका लागि सजिलो होस् भनेर झाले राजीनामा दिएको राजपा वृतमा चर्चा छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै