• २०८१ बैशाख १५ शनिबार

धुर्मुस-सुन्तलीको फिल्म ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक

kharibot

काठमाडौँ । सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली)ले निर्माण एवं अभिनय गरेको सिनेमा ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक भएको छ ।

रामबाबु गुरुङको निर्देशनमा निर्मित ‘सेन्टी भाइरस’को आज ट्रेलर सार्वजनिक भएको हो । 

आगामी फागुन ९ गते रिलिज हुने ‘सेन्टी भाइरस’ राजनीतिक विषय बस्तुमा बनेको ट्रेलर हेर्दा बुझ्न सकिन्छ । अहिलेको राजनीतिमा देखिएका बिकृतिलाई फिल्ममा देखाइएको छ ।

फिल्ममा धुर्मुस र सुन्तलीका अलावा दयाहाङ राई, विल्सनविक्रम राई, बुद्दि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सूर्यमाला खनाल, बसन्त भट्ट, दीपक आचार्यलगायतको अभिनय छ ।

‘सेन्टी भाइरस’ले दिने मुनाफाको २० प्रतिशत सामाजिक कार्यमा लगाइने, निर्माण पक्षले यसअघि नै घोषणा गरिसकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै