कांग्रेस उम्मेद्वार पूर्वराजदूत उपाध्यायविरुद्ध उजुरी

खरीबोट
ad

जितपुर, कपिलवस्तु ।  कपिलवस्तुको प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका पूर्वराजदूत दीपकुमार उपाध्यायविरुद्ध आचारसंहिता उल्लङ्घन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । 

उम्मेदवार उपाध्यायले निर्वाचन आयोगको निर्देशन विपरीत सार्वजनिकस्थलमा ठूल्ठूला होर्डिङ बोर्ड झुण्डयाएको भन्दै उजुरी परेको हो । उम्मेद्वार उपाध्यायले आचारसंहिता विपरीत कार्य गरेको भन्दै कपिलवस्तु नगरपालिका बस्ने विक्रम बढई तथा रामसुभग चाईले संयुक्तरुपमा उजुरी दर्ता गराएका हुन् । 

जिल्ला निर्वाचन कार्यालय प्रमुख ज्ञानहरि घिमिरेका अनुसार उजुरी दर्ता भएको र नियमअनुसार उनलाई सचेत गराइएको जानकारी दिए । कार्यालयका अनुसार आचारसंहिता उल्लंघनविरुद्ध अहिलेसम्म मौखिक र फोनमार्फत धेरै उजुरी आएपनि लिखित भने दुईवटा मात्र परेको जनाएको छ । 

सम्बन्धित समाचार

कपिलवस्तुमा माओवादी नेता बलदेव विजयी, पूर्वराजदुत दीपकुमार उपाध्याय पराजित

कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका उम्मेदवार चक्रपाणी खनाल विजयी भएका छन् । खनालले नेपाली कांग्रेसका उम्मेदवार पूर्वराजदुत दीपकुमार उपाध्यायलाई पराजित गरेका छन् । खनालले ९४४ मतान्तरले पराजित

कूटनीतिबाट राजनीतिमा फर्किनु मेरो स्वनिर्णय हो – दीपकुमार उपाध्याय

काठमाडौँ । भारतका लागि नेपाली राजदुत रहेका पुर्वमन्त्री तथा सांसद दीपकुमार उपाध्याय मन्त्रीस्तरको राजदुतको पद छोडेर फेरी राजनीतिमा आएका छन् । उनले राजदुत पदबाट दिएको राजीनामा स्वीकृत भएको छ र

भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्यायद्वारा राजीनामा

काठमाडौं । भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्यायले राजीनामा दिएका छन् । आगामी मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेससभाको निर्वाचनमा सहभागी हुन राजदूत उपाध्यायले राजीनामा दिएका हुन् ।  कपिलवस्तुको क्षेत्र नम्बर १