एनआईसी एसियाको अनलाइन बचत खाता सञ्चालनमा

खरीबोट
ad

काठमाडौं । एनआईसी एसिया बैंकले एनआईसी एसिया अनलाइन बचत खाता सञ्चालनमा ल्याएको छ । अनलाइन बचत खाताको सुरुवातसँगै ग्राहकहरुले आफूले चाहेको बखतमा बैंकको वेबसाइटमा गई तुरुन्त खाता खोल्ने फारम भरी सजिलै खाता खोल्न सक्ने बैंकले जनाएको छ ।

यस बचत खाताको सुरुवातसँगै देशविदेशमा रहेका ग्राहकहरुले उच्चस्तरीय बैंकिङ्ग सेवा प्राप्त गर्ने बैंकले जनाएको छ । यस अनलाइन बचत खाता देश तथा विदेशमा रहेका ग्राहकहरुलाई सजिलै खाता खोल्न सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको खाता हो । शून्य मौज्दातमै खोल्न सकिने यस खातामा ग्राहक बैंकमा उपस्थित नभईकन नै खाता खोली खाता नम्बर प्राप्त गर्न तथा अनलाइनमार्फत रकम जम्मा गर्न सक्ने विशेषता रहेको छ ।

बैंकले हाल देशभर रहेका आफ्ना १३६ शाखा, ४ विस्तारित काउण्टर, १४१ एटीएम, ३ शाखारहित बैंकिङ्ग सेवा र ४०५ भन्दा बढी पीओएस मेसिनमार्फत उच्चस्तरिय र ग्राहक केन्द्रित बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

करिब ६ लाख ३० हजार ग्राहकमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको यस बैंकले यस अनलाइन बचतखातामार्फत देश तथा विदेशमा रहेका ग्राहकहरुलाई थप सेवाविस्तार गर्ने लक्ष्य लिएको बैंकका सहायक प्रमुख कार्यकारी रोशन न्यौपानेले जानकारी दिए ।

सम्बन्धित समाचार

एनआईसी एशियामा अनलाइनबाटै खाता खोल्न सकिने 

काठमाडौं । एनआईसी एसिया बैंकले न्यू प्रिमियम समुन्नति बचत खाता अनलाइनबाट खोल्ने व्यवस्था मिलाएको छ । बैंकले “सोच बदलौं, एनआई सी एशिया बैंक नै रोजौँ”भन्ने मूल नाराका साथ यस्तो सेवा सुरु

एनआईसी एशिया बैंकद्धारा अष्ट्रेलियन डलरको बिक्री शुरु 

काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो सेवालाई अझ विस्तार गर्दै बजारमा अभाव रहेको अष्ट्रेलियन डलर नगद आयात गरी बिक्री शुरु गरेको छ ।  बैंकसँग हाल अमेरिकी डलर, अष्ट्रेलियन डलर लगायत विदेशी

सहकारीपीडितद्वारा एनआईसी एसिया बैंकविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । एनआईसी एसिया बैंकले आफूहरुको सम्पत्ति हडपेको आरोप लगाउँदै ओरेन्टल सहकारीपीडितहरुले माइतीघरमण्डलामा विरोध प्रदर्शन गरेका छन् । पीडितहरुले एनआईसी एसिया बैंकले ओरेन्टल सहकारी निक्षेपकर्ता हरुको रकम लगानी गरी बनाउन लागिएको

एनआईसी रेमिटमा हरेक चौँथो कारोबार निःशुल्क 

काठमाडौं । “चाडपर्व मनाऔं, एनआईसी एशिया रेमिटसँगै” भन्ने नारासहित एनआईसी एशिया बैंकले दशै, तिहार र छठको उपलक्ष्यमा ग्राहकलाई आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक चौँथो कारोबार निःशुल्क पठाउने व्यवस्था गरेको छ


z