• २०८१ बैशाख १७ सोमबार

एनआईसी बैंकको गढवा शाखामा व्यवसायीले गरे तालाबन्दी

kharibot

दाङ । एनआईसी एसिया बैंकको दाङस्थित गढवा शाखामा तालाबन्दी गरिएको छ ।

व्यवसायीको इच्छाविपरीत जबरजस्ती रुपमा बस्तुको मूल्यनिर्धारण गरि लिलाम प्रकृया अघि बढाएको विरोधमा तालाबन्दी गरिएको हो ।

एनआईसी बैंक राजपुर शाखाबाट गढवा निवासी रामदास यादवले तीन करोड कर्जा लिएका थिए । तर, बैंकले जग्गा र व्यवसाय लिलाम प्रकृयामा लगेपछि व्यवसायी सडकमा आएका हुन । महाशक्ति इन्टरप्राइजेजको नाममा कर्जा रहेको र कर्जा उठाउन बैंकले व्यवसायीलाई मानसिक यातना दिएको आरोप छ ।

दाङ उद्योग वाणिज्य संघको अगुवाइमा जिल्लाभरका उद्योग वाणिज्य संघको सहभागितामा तालाबन्दी गरिएको दाङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले बताएका छन् । 

धितोको तीन करोड ३२ लाखको मूल्यांकन देखिएको तर, तीन करोड १८ लाख कर्जा तिर्नुपर्ने देखिएको व्यवसायीले बताउदै जग्गा धितोबाट मूल्यांकन पुग्ने देखिँदा देखिँदै पसल र गोदाममा बैंकले सिल गरेकोमा आफुहरु तालाबन्दीमा उत्रिनुपरेको उनीहरुले बताएका छन् । सुरुमा एक करोड लगानी गरेको व्यवसायीलाई पछि थप दुई करोड कर्जा लगानी गरिएको थियो । कर्जा लगानी गर्दा पनि बैंकले बदमासी गरेको व्यवसायीको आरोप छ ।

पढ्नै पर्ने

लोकप्रिय