• २०८१ बैशाख १५ शनिबार

प्रजातन्त्र टाठाबाठाका लागि प्रतिफलकारी भयो - पुर्वराजा ज्ञानेन्द्र

kharibot

फाइल तस्बीर

काठमाडौँ । ७०औँ प्रजातन्त्र दिवसको अवसरमा पुर्व राजा ज्ञानेन्द्र शाहले शुभकामना व्यक्त गर्दै प्रजातान्त्रिक धर्म निर्वाह गर्न सबैलाई आग्रह गरेका छन् ।

पुर्वराजा ज्ञानेन्द्रले शुभकामना वक्तब्य जारी गर्दै प्रजातन्त्र शब्दमा होइन कर्ममा उत्रिनुपर्ने, रुपमा होइन सारमा झल्किनुपर्ने बताएका छन् ।

उनले भनेकाछन् – प्रजातन्त्र कुनै अलंकार, नामान्तर वा रुपान्तरण मात्र होइन, त्यो जीवन पद्धति र व्यबहारमा देखिनु पर्दछ । राष्ट्रको प्रतिष्ठा प्रवर्धन र आम जनचाहनाको परिपूर्ति नै प्रजातन्त्रको प्रण हो ।'

आफु देश दर्शनमा जादा नेपालको प्रजातन्त्र जनजीवनको उत्थानमा सार्थक हुन नसकेको भन्दै केहि टाठाबाठा, केहि आर्थिक स्वार्थका लागि मात्र प्रजातन्त्र प्रतिफलकारी भएको आरोप लगाएका छन् ।

उनले सबै आफ्नो जिम्मेवारीमा सचेष्ट होऊन भन्दै सबिलाई भौगोलिक, संस्कारिक र मौलिक मान्यतालाई बुझेर अगाडी बढ्न आग्रह गरेका छन् ।

उनले भनेका छन् – हामीले हाम्रो इतिहास नभुलौ, वर्तमानलाई नबिर्सौ र भविष्यको कोरा सपना मात्र बाढेर समय खेर नफाली सर्वहितकारी 'प्रजातान्त्रिक धर्म' निर्वाह गरौ ।'    
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै