• २०८३ जेठ १६ शनिबार

दोलखा भीमसेनको पसिना पुछेको कपास र पूजा सामग्री राष्ट्रपति कँहा पुर्याइयो

दोलखा भीमसेनको पसिना पुछेको कपास र पूजा सामग्री राष्ट्रपति कँहा पुर्याइयो

तस्बीर : राष्ट्रपति कार्यालय

दोलखा । दोलखा भीमसेनको शीलामा ‘पसिना’आएपछि परम्पराअनुसार ल्याइएको महाप्रसादलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ग्रहण गरेकी छिन् ।

भीमेश्वपर मन्दिरका गुठियारहरुले शीलामा आएको पसिना पुछेको कपास र पूजा सामग्री राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ पुर्यािएका थिए ।

भीमेश्वर नगरपालिका वडा नं. २ का वडाध्यक्ष बिराजमान श्रेष्ठसहितको टोलीले दिएको प्रसादलाई राष्ट्रपति भण्डारीले ग्रहण गरेकी हुन् ।

किस्तीमा बिछ्याइएको रातो रुमालमाथि चाँदीको भाँडोभित्र राखिएको कपास, करुवामा राखिएको जल, विभिन्न रंगका टीका र फूल राखेर गुठियार शैलेन्द्र जोशी र सुरेश श्रेष्ठले राष्ट्रपतिलाई दिएका थिए । 

राष्ट्रपति भण्डारीले कपास हातमा लिँदै टीका लगाएपछि भनिन्,‘२०७४ सालमा ल्याइएको कपासका टुक्रा अझै सुरक्षित छ ।’

दोलखाको प्राचीन, ऐतिहासिक मन्दिर भीमेश्वर मन्दिरमा पसिना शुक्रबार बिहान आएको थियो । बिहान ६:४५ बजेबाट मन्दिरको शिलामा पसिना आएको र ८:२५ बजे रोकिएको थियो  । 

मन्दिरको शिलामा दायाँ तथा बायाँतर्फ पसिना आएको स्थानीय शान्तकृष्ण श्रेष्ठले बताए । 

दोलखामा पसिना आएमा अनिष्ट हुन्छ भन्ने परम्परा रहेको उनले बताए । भीमसेनलाई पसिना आएमा राष्ट्रपतिले क्षमा पूजा गर्नुपर्ने चलन छ । 

मन्दिरका शिलामा पसिना देखिएकाले पूजाआजा गरिँदै गरिएको स्थानीय शिवजी प्रधानले बताए । 

भीमेश्वरको चट्टान (शिला) को विभिन्न भागमा पानीको थोपा निस्कँदै झर्ने क्रमलाई ‘पसिना’आएको विश्वास गरिन्छ । प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मासहित टोली बिहान ७:०० बजे मन्दिरस्थल पुगेका थिए ।

सकारात्मक वा नकारात्मक परिवर्तन, अनिष्टका घटनाको पूर्वसूचकको रूपमा लिइने भीमेश्वरमा पसिना आउँदा भक्तजन भेला भएर घण्टी बजाउने, धुपबत्ती गर्ने र मन्दिरका मुख्य व्यक्तिले पङ्खाले हम्कने गर्छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै