• २०८१ बैशाख २२ शनिबार

शृङ्खला खतिवडाको प्रोजेक्टलाई मिस वर्ल्ड आयोजकले आर्थिक सहयोग गर्ने

kharibot

हेटौँडा । विश्व सुन्दरी प्रतियोगिताको आयोजक संस्थाका अध्यक्ष जुलिया मोर्लेले मकवानपुरको विकट चेपाङबस्तीमा पूर्वमिस नेपाल शृङ्खला खतिवडाको पहलमा निर्मित स्वास्थ्यचौकीमा प्रसूति केन्द्र सञ्चालन गर्न आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेकी छन् । 

शुक्रबार सोही स्वास्थ्यचौकीमा पुगेर अध्यक्ष मोर्लेले उक्त प्रतिबद्धता व्यक्त गरेकी हुन् । अध्यक्ष मोर्लेले २०१८ को मिस वल्र्डमा ‘ब्युटी विथ पर्पज’ जित्न सफल भएको संरचना हेर्न पाउँदा खुशी लागेको उल्लेख गरिन । यस्तो विकट स्थानमा समेत राम्रो संरचना बनेको र यस्तो ठाउँमा पुग्न र देख्न पाउँदा खुशी लागेको उनको भनाइ थियो ।

पूर्वमिस नेपाल खतिवडाको पहलमा निर्मित स्वास्थ्यचौकी तथा चेपाङबस्ती हेर्न विश्व सुन्दरीलगायतको टोली कैलाश गाउँपालिकाको भार्तास्थित चेपाङ गाउँमा आएको हो ।

तामलाङस्थित ङिको स्वास्थ्यचौकीको अवलोकनका लागि मिस वल्र्ड टोनी एन सिंह, मिस वल्र्डकी अध्यक्ष जुलिया मोर्ले, पुर्वमिस नेपाल खतिवडा, मिस नेपाल अनुष्का श्रेष्ठलगायतको टोली पुगेको थियो । मिस नेपाल २०१८ कि विजेता शृङ्खला खतिवडाले तामलाङमा ङिको स्वास्थ्यचौकी निर्माण गरेका थिए । 

मिस वर्ल्ड प्रतियोगितामा नेपालका तर्फबाट प्रतिनिधित्व गरेकी खतिवडाले ब्युटी अफ पर्पज विधा जित्न सफल भएको स्वास्थ्यचौकी मिसवर्ल्डका आयोजकलाई अवलोकन गराएकी थिइन् ।

कार्यक्रममा पूर्वमिस नेपाल  खतिवडाले मेहनत गरेर निर्माण गरिएको स्वास्थ्यचौकीको कामको मूल्याङ्कन भएको बताइन् । एउटा ‘टाइटल’ जित्न सहयोग गरेको स्वास्थ्यचौकी निर्माणपश्चात् अवलोकनमा आएको टोलीलाई उनले धन्यवादसमेत व्यक्त गरिन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै