• २०८१ बैशाख १६ आइतबार

सिमरा विमानस्थलमा यात्रुहरूको स्वास्थ्य परीक्षण शुरु

kharibot

बारा । महामारीको रुपमा विश्व भर फैलिरहेको कोरोना भाईरसविरुद्ध सावधानी अपनाउँदै बाराको सिमरा विमानस्थलमा यात्रुहरूको स्वास्थ्य परीक्षण र सहायता कक्ष सुरु गरिएको छ । 

कोरोना भाईरस (कोभिड–१९)को संक्रमण फैलन नदिन विमानस्थलमा बुद्ध एयरले स्वास्थ्य परीक्षण गरेर मात्र यात्रुलाई विमानमा पठाउँन थालेको हो । 

बोर्डिङ्ग पास लिनु पूर्व थर्म स्क्यानर मार्फत यात्रुको तापक्रम जाँच गर्ने र त्यस पछि मात्रै विमानमा पठाउँन थालिएको बुद्ध एयर सिमराका प्रमुख सुरेश रेग्मीले बताए । 

कोरोनाको संक्रमण फैलन नदिने उद्देश्य सहिँत सचेतना अपनाईएकाे रेग्मीले बताए ।

अहिले सिमरा–काठमाण्डौं रुटमा बुद्ध एयरका दैनिक सात उडान छन् । नेपाल मात्र नभई छिमेकी राष्ट्र भारतका यात्रुहरू समेत यो रुट भएर काठमाण्डौं–सिमरा आवतजावत गर्ने गरेका छन् । 

भारतमा समेत कोरोनाको संक्रमण देखि सकिएको छ ।

यसैगरी जीतपुरसिमरा उपमहानगरपालिकाको सहकार्यमा सिमरा विमानस्थलमा यात्रु सहायता कक्ष सुरु गरिएको छ ।

यात्रुलाई कोरोना विरुद्धको सावधानीका विषयमा जानकारी गराउँन , यात्रुको स्वास्थ्य अवस्थाका विषयमा बुझ्न सहायता कक्ष सुरु गरिएको हो । 

सहायता कक्षमा यात्रुलाई कोरोनाको संक्रमणबाट बच्ने उपायका विषयमा जानकारी गराउँने र अन्यलाई समेत बचाउँन लागि आँफूले खेल्नु पर्ने भूमिकाका विषयमा बताउँने गरिएको जीतपुरसिमरा उपमहानगरपालिकाका स्वास्थ्य कर्मचारी अनिलकुमार दासले बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय