• २०८१ बैशाख १६ आइतबार

मसक्‍कली २.० : तारा र सिद्धार्थको गजब केमिस्ट्री

kharibot

मुम्बई । पुराना दिनको सम्झना गर्नुपर्दा सन् २००९ को गीत 'मसक्कली' निकै लोकप्रिय रहेको थियो । यस गीतलाई अब  नयाँ स्वरुपमा बनाइएको छ । ‘मसक्‍कली २.०’ रिलिज भइसकेको छ र यसले इन्टरनेटमा थुप्रै प्रशंसा बटुलिरहेको छ ।

सन् २००९ मा चलचित्र ‘दिल्ली ६’ को गित ‘मसक्कली’ युवा माझ निकै लोकप्रिय रहेको थियो । अब यसको नयाँ संस्करण ‘मस्क्कली २.०’ रिलिज भएको छ ।

मंगलवार यस गीतको टीजर आएको थियो त्यस पछि सबै फ्यानहरु पुरा गितको प्रतिक्षामा थिए । अब यसको पुरै गित सार्वजनिक भएको छ । गीतमा तारा सुतारिया र सिद्धार्थ मल्होत्रा रहेका छन् ।

‘मरजावां’ पछि सिद्धार्थ मल्होत्रा पुन तारासँगको आफ्नो केमिस्ट्रीको जादु देखाएका छन् । अभिषेक बच्चन र सोनम कपुरको साथमा रहेको गित ‘मसक्कली’ नयाँ भर्जन दर्शकले मन पराएका छन् । 

यस गीतमा ‘दिल्ली ६’ को साथमा चलचित्र ‘मरजावां’ को पनि याद ताजा हुन्छ ।

गीतलाई तनिष्क बागचीले रिक्रिएट गरेका हुन् । गायक तुलसी कुमार र साकेत टन्डनले यस गीतमा नयापन थप गरेका छन् र यसलाई आदिल शेखले निर्देशन र लेखन गरेका हुन् । यस गीत इन्टरनेटमा पुरै भाइराल भएको छ ।

‘दिल्ली ६’ को ‘मसक्कली’ लाई एआर रहमानले संगीत दिएका थिए । निर्माता भूषण कुमारको अनुसार, यस गीत अझै पनि युवामाझ लोकप्रिय भएको कारण यसलाई पुन बनाउने निर्णय भएको हो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै