• २०८१ बैशाख २३ आइतबार

मेलम्ची आयोजनाको काम गर्न गाउपालिकाको रोक

kharibot

फाइल तस्बीर

मेलम्ची । हेलम्बु गाउँपालिकाको आज बसेको कार्यपालिकाको बैठकले मेलम्ची खानेपानी आयोजनालाई काम बन्द गर्न आग्रह गरेको छ ।

गाउँपालिका हुँदै आयोजनाका आवश्यक सामग्री ढुवानी गर्नुपर्ने हुँदा सर्वसाधारणमा भय र त्रास बढेकाले कार्यपालिकाले काम बन्द गर्न आग्रह गरेको हो । 

बुधबार जिल्ला प्रशासन कार्यालयले गापामा औषधि र खाद्यवस्तुबाहेकका कुनै पनि गाडी प्रवेश गर्न नदिनु भन्ने परिपत्रबमोजिम आयोजनाका गाडी प्रवेशमा रोक लगाइएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । 

त्यसैगरी आजको बैठकले गापाको कामबाहेक कर्मचारी र जनप्रतिनिधिलाई गाउँपालिका बाहिर जान रोक लगाएको छ  । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै