• २०८१ बैशाख २२ शनिबार

जुलियन असान्जको सुनुवाई नोभेम्बरसम्म स्थगित

kharibot

लन्डन । विकिलिक्सका संस्थापक जुलियन असान्जलाई संयुक्तराज्य अमेरिका सुपुर्दगी गर्ने या नगर्ने भन्ने सुनुवाई आगामी नोभेम्बरसम्म स्थगित गरिएको छ ।

असान्जका वकीलहरुले कोरोनाभाइरस महामारीका बीच सुनुवाईको कार्य अघि बढाउनु “स्वास्थ्यका कारण खतरा” रहेको दाबी गरेका थिए ।

असान्जलाई स्वीडेन वा संयुक्तराज्य अमेरिकामा सुपुर्दगी गर्ने वा नगर्ने विषयमा आगामी मे १८ मा सुनुवाई आरम्भ गर्ने योजना थियो । स्वीडेनमा असान्जमाथि यौन दुव्र्यवहारको एउटा मुद्दा विचाराधीन छ भने संयुक्तराज्य अमेरिकाले असान्जमाथि जासुसीको आरोप लगाएको छ । अमेरिकामा असान्ज दोषी ठहरिए १७५ वर्षको जेलसजाय हुनेछ । 

सुनुवाईको मिति घोषणा गर्दै बेलायतका न्यायाधीश भानिसा बाराइजरले छिटोमा आगामी नोभेम्बर २ देखि मात्र असान्जमाथिको मुद्दाको सुनुवाई हुनेछ । यो सुनुवाई करिब तीन साताको हुनेछ । 

असान्जलाई गत वर्ष अप्रिलमा लन्डनस्थित इक्वेडरको राजदूतावासबाट लन्डन प्रहरीले गिरफ्तार गरेको थियो । अमेरिकाले गिरफ्तार गर्ने र आफ्नो ज्यानको सुरक्षा नभएको भन्दै असान्जले उक्त दूतावासमा झण्डै ८ वर्षदेखि आश्रय लिएका थिए ।

यद्यपी विकिलिक्सका संस्थापक असान्जले अमेरिका विरुद्ध जासुसीको आरोप खण्डन गर्दै आएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै