• २०८१ बैशाख २१ शुक्रबार

इबोलाको औषधिले कोरोना ठिक हुने डा. फाउचीको दाबि

kharibot

काठमाडौँ । अमेरिकाले कोरोना संक्रमणका विरामी इबोलाको औषधिले ठिक हुने दाबि गरेको छ ।

अमेरिकी नेशनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्शीयसका निर्देशक डाक्टर एन्थनी फाउचीले इबोलाको लागि बनाएको औषधि रेमडिसिवियरलाई गरिएको ट्रयालले १५ दिनमा ठिक हुने कोरोना संक्रमित ११ दिनमा ठिक भएको बताएका छन् ।

यो औषधि एन्टी भाइरल औषधि हो । डाक्टर फाउचीले यो जादुई आँकडा नतिजा नभएपनि इबोलाको यो औषधिले कोरोना ठिक हुने प्रमाणित भएको दाबि गरेका छन् ।

उनले यो अमेरिकाबाहेक कैयौं देशमा प्रयोग गरेको बताइएको छ । यस औषधिक बारेमा चीनको एक मेडिकल जर्नलमा भने यो औषधिले कोरोना रोक्न सफल नभएको दाबि गरिएको थियो ।

यस्तो दाबि गरिएको बेला अमेरिकाले भने इबोलाको औषधिले कोरोना र्किने दाबि गरेपछि अहिले महामारी बनेको कोरोना रोक्न यो अनुसन्धान सहायक हुने विश्वास बढेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै