• २०८१ बैशाख २४ सोमबार

ऋषि कपुरको अन्तिम फिल्म 'शर्माजी नमकिन' फिल्म पुरा हुने

kharibot

फाइल तस्बीर

काठमाडौँ । बलिवुडमा स्वर्गीय अभिनेता ऋषि कपुरको अन्तिम फिल्म 'शर्माजी नमकिन' फिल्म पुरा हुने भएको छ ।

फिल्मका निर्माताहरुले ऋषि कपुरको अन्तिम फिल्मलाई पुरा गरेर हलमा नै रिलिज गर्ने बताएका छन् । अप्रिल ३० मा निधन भएका अभिनेता ऋषि कपुरको यो फिल्मको शुटिंग लगभग सकिएको बताइएको छ ।

निर्माताले फिल्म पुरा गर्ने बताएपछि ऋषि कपुरका फ्यानहरुलाई उनलाई अलबिदा भन्ने एक मौका उपलब्ध हुने भएको छ ।

फिल्म 'शर्माजी नमकिन' लाई निर्देशक हितेश भाटियाले निर्देशन गरेका छन् ।

फिल्ममा ऋषि कपुरको मुख्य भूमिका रहेको छ । फिल्मको मुख्य कलाकारको नै मृत्यु भएपछि अब निर्देशक र निर्मातालाई फिल्म पुरा गर्ने चुनौती रहेको छ । फिल्मका निर्माता हनी त्रेहनले फिल्मलाई एडभान्स टेक्नोलोजीको प्रयोग गरेर पुरा गरिने बताएका छन् । उनले फिल्ममा विएफएक्स र स्पेसल इफेक्ट प्रयोग गरेर पुरा गरिने बताएका हुन् ।

उनले फिल्मको कहानीमा कुनै परिवर्तन नगरिने बताउदै छिटै फिल्म पुरा गर्ने उपाय निकालिने बताएका छन् । फिल्मको शुटिंग ऋषि कपुरले गत जनवरीमै दिल्लीमा पुरा गरिसकेको र लगभग चार दिनको काम बाँकी रहेको उनले बताए । उनले फिल्मका निर्माता फरहान अख्तर र रितेश सिधवानीले भावनात्मक रुपमा फिल्ममा लगानी गरेको बताएका छन् ।

यस फिल्ममा ऋषि कपुरको अपोजिटमा अभिनेत्री जुही चावलाले अभिनय गरेकी छन् ।    
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै