• २०८१ बैशाख २० बिहीबार

भारतीय गृहमन्त्री शाह अस्वस्थ भएको खबरको आफैले गरे खण्डन

kharibot

काठमाडौँ । भारतीय गृहमन्त्री अमित शाहको स्वास्थ्य ठिक नभएको समाचार बाहिर आएपछि उनले सो समाचारको खण्डन गरेका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै आफ्नो स्वास्थ्य ठिक भएको र मिडिया र सामाजिक संजालमा आएका खबर अफवाह भएको स्पष्ट गरेका छन् ।

यसअघि गृहमन्त्री शाहलाई लामो समय सार्वजनिक रुपमा नदेखिएको भन्दै उनी अस्वस्थ रहेको सामाजिक संजाल र मिडियामा चर्चा भएको थियो । यँहासम्मकी शाहलाई कोरोना भएको हुनसक्ने समेत चर्चा भएको थियो ।

गृहमन्त्री शाहले अहिले देश कोरोनाको मह्मारीविरुद्ध लडिरहेको भन्दै यसको रोकथाम र नियन्त्रणका लागि देशको गृहमन्त्रीको हैसियतले रातदिन खटिरहेको बताएका छन् ।

उनले पार्टीका लाखौ कार्यकर्ता र मेरा शुभचिन्तकले आफ्नो स्वास्थ्यको बारेमा चिन्ता व्यक्त गरेकाले त्यसलाई नजरअन्दाज गर्न नसकेकाले यस बारेमा स्पष्ट पारेको बताएका छन् ।

उनले आफु विरामी नभएको र पुर्णरुपमा स्वस्थ रहेको बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै