• २०८१ बैशाख २२ शनिबार

लिपुलेक बारे छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज अपरान्ह सर्वदलीय बैठक बोलाएका छन् ।

भारतले लिपुलेक–कालापानीमा नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएपछि विकसित सन्दर्भका बारेमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक गर्न लागेका हुन् ।

नेपालका तर्फबाट एकीकृत धारणा बनाउनका लागि बोलाइएको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीहरु सबैलाई पनि आमन्त्रण गरिएको छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साढे ४:३० बजे बोलाइएको छ ।

धारतको धार्चुलाबाट चीनको मानसरोवर जान नेपालको दार्चुला जिल्लाको लिपुलेक–कालापानी हुँदै डेढ दशकदेखि सडक निर्माण गरिरहेको भारतले गत शुक्रबार उक्त सडक ट्रयाकको उदघाटन गरेको थियो ।

भरातीय रक्षामन्त्री राजनाथ सिंहले उक्त सडक मार्ग उदघाटन गरेपछि नेपालमा यसको विरोध भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै