काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्डले १८ जना केन्द्रीय कन्ट्रयाक खेलाडीको नाम घोषणा गरेको छ ।
बोर्डले बुधबार चार क्याटोगरीमा खेलाडी घोषणा गरेको हो । क्याटोगरी ए मा आजाहर अली, बाबर आजम र शाहीन शाह अफ्रिदी गरी तीन खेलाडी रहेका छन् ।
त्यस्तै क्याटोगरी बि मा अबिद अली, असाद शाफिक, हरिस सोहेल, मोहमद अब्बास, मोहमद रिजवान, सर्फाराज अहमद, शाहाब खान, शान मसूद, यासिर शाह गरि ९ खेलाडी रहेका छन् ।
त्यस्तै क्याटोगरी सी मा फखर जमान, इफ्तिखर अहमद, इमाद वसिम, इमाम उल हक, नासीम शाह र उसमान शिनवारी गरी ६ खेलाडी रहेका छन् ।
त्यस्तै इमर्जिङ खेलाडीको क्याटोगरीमा हैदर अली, हरिस रौफ र मोहमद हसनैन रहेका छन् ।
त्यस्तै बोर्डले सिजन २०२०-२१ का लागि पाकिस्तानको टेस्ट टिमको कप्तान अजहर अलीलाई बनाएको छ भने एकदिवसीय र टी-२० को कप्तान बाबर आजमलाई बनाएको छ ।









