• २०८१ बैशाख २४ सोमबार

कोरोनाले संकटमा उबर, व्यापकरुपमा कमर्चारी घटाउदै

kharibot

काठमाडौँ । विश्वकै चर्चित कम्पनि उबरले आफ्ना ३ हाजर कर्मचारी घटाउने निर्णय गरेको छ ।

बिबिसीका अनुसार विश्वका कैयौ देशमा प्रविधिको प्रयोग गर्दै ट्याक्सी सेवा, खान डेलिभरी, मोटरसाइकल सेवा दिइरहेको उबरले अहिलेको संकटबाट बच्न ३ हजार कर्मचारी घटाउने निर्णय गरेको बताएको छ ।

साथै उबरले विभिन्न देशमा संचालन गरेको ४० कार्यालय समेत बन्द गरेको जनाएको छ, जसमा आर्टिफिसियल इन्टेलिजेन्स ल्याब समेत रहेको छ ।

यसअघि उबरले ३७ सय कर्मचारी हटाउने निर्णय गरेको थियो ।

कोरोना महामारीका कारण विभिन्न देशले लकडाउन घोषणा गरेको र ट्याक्सीबाट कोरोना फैलिने डरका कारण विश्वभर उबर चढ्नेको संख्यामा ८० प्रतिशतले कमि आएपछि उबर संकटमा परेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै