• २०८१ बैशाख २२ शनिबार

फ्राई डे रिलिज : एकैदिन दुई लव स्टोरी फिल्म ‘म यस्तो गीत गाउँछु’ र ‘सायद २’ प्रदर्शनमा

kharibot

प्रदर्शन अघि निकै चर्चा बटुलेका यस बर्षका दुई फिल्म ‘म यस्तो गीत गाउँछु’ र ‘सायद २’ ले आज शुक्रवारबाट प्रदर्शन भएका छन् ।

‘म यस्तो गीत गाउँछु’ २०७२ मा रिलिज भएको फिल्म प्रेमगीतमा समावेश शिर्ष गीतबाट नामकरण गरेर निर्माण भएको फिल्मलाई प्रेमगीतका निर्देशक सुदर्शन थापाले निर्माण र निर्देशन गरेको फिल्म हो ।

फिल्ममा पल शाह, पूजा शर्मा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, विक्रम सेन, अर्जुन गुरुङलगायत कलाकारको अभिनय रहेको छ । सञ्जय लामाको छायांकन रहेको फिल्ममा प्रितम पाण्डेको सम्पादन छ । निर्देशक सुदर्शन थापाले दिनेश न्यौपानेसँगको सहकार्यमा पटकथा लेखेको हुन् । यो फिल्मलाई निर्देशक सुदर्शन र अभिनेत्री पूजाले संयुक्त निर्माण गरेका हुन् । फिल्म ‘मेरो एउटा साथी छ’ देखि ‘प्रेमगीत हुँदै म यस्तो गीत गाउँछुसम्म आइपुग्दा निर्देशक सुदर्शन थापा लभस्टोरी फिल्म निर्देशन गर्न परिपक्क र चतुर देखिएका छन् । फिल्मको संगीत र ट्रेलर हेर्दा अनि प्रिमियरमा पाएको प्रशंसाले फिल्म राम्रो बनेको अनुमान गर्न सकिन्छ ।

त्यस्तै सायद, होस्टेल, होस्टेल रिर्टन्स जस्ता फिल्म निर्माण गरिसकेका निर्माता सुनिल रावलले निर्माण गरेको फिल्म हो सायद-२ । फिल्म ‘सायद’ फिल्मको सिक्वेल ‘सायद-२ लाई दुर्गिस फिल्मसको ब्यानरले निर्माण गरिएको छ । फिल्मलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका छन । युवाहरुको कथावस्तुमा बनाइएको सायद-२ संगीतका कारण पनि अहिले निकै चर्चामा रहेको छ ।

फिल्ममा सुशिल श्रेष्ठ, निशा कार्की, रुविना श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे र सुशिल सिटौला लगायतले अभिनय गरेका छन्। सिनेमेटोग्राफर राजु विक्रम थापा रहेका छन् भने फिल्मको सम्पादन दिर्घ खड्का, द्धन्द्ध अष्ट महर्जन र कोरियोग्राफी गोविन्द राई र विक्रम स्वाँरले गरेका छन्।

आज रिलिज भएका दुवै फिल्म लव स्टोरी फिल्म भएकाले दुवै फिल्मको प्रतिष्पर्धामा कसले बाजी मार्ला यो भने केहि दिनमा नै थाहा हुनेछ । गीतसंगीतका कारण पनि खुबै चर्चामा रहेका दुवै फिल्मले प्रचार प्रसार पनि निकै नै गरेका छन् । ‘म यस्तो गीत गाउँछु’ को टिम त नारायणगढमा हात्ती माथि चढेर फिल्मको प्रचार गरेका थिए ।

युवापुस्ताका दर्शकलाई लक्षित गरेर बनाइएका दुवै फिल्मले मल्टिप्लेक्स हलहरुमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । दुई राम्रो चर्चा पाएका लवस्टोरी फिल्म एकै साथ रिलिज हुँदा दर्शकमा कुन हेर्ने भन्ने कन्फ्युजन भए पनि अन्तत दुवै फिल्म हेर्न सक्ने फिल्म विश्लेषकहरुले अनुमान गरेका छन् । तर दुवै फिल्मको रिभ्यु र पहिलो दिनको शोले पनि धेरै कुरा निर्धारण गर्ने फिल्म विश्लेषकहरु बताउछन । अहिले खगेन्द्र लामिछानेको धनपतिले आजबाट दोस्रो हप्तामा प्रदर्शन हुँदै छ भने ‘म यस्तो गीत गाउँछु’ र ‘सायद २’ ले हिन्दी फिल्म जग्गा जासुससँग पनि प्रतिष्पर्धा गर्नुपर्ने देखिएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै