काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीले संविधान संशोधन विधेयक दर्ता गरेका छन् ।
सोमबार राजपा नेता लक्ष्मणलाल कर्ण र समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठसहितका नेताहरुले संघीय संसद सचिवालयमा गई संशोधन विधेयक दर्ता गराएका छन् ।
यसअघि गत शुक्रबार नै उनीहरु संशोधन विधेयक दर्ता गएपनि संसद सचिवालयले दर्ता गरेको थिएन । सोमबार भने उनीहरुको विधेयक दर्ता भएको छ ।
संबिधान संशोधन विधेयकमा उनीहरुले संबिधानलाई सर्वस्वीकार्य बनाउन पहिचान पक्षधरका जनताको अधिकार सुनिस्चित गर्न संबिधान संशोधन गर्न आवश्यक भएको उल्लेख गरिएको छ ।
राजपा र समाजवादी पार्टीले सत्तारुढ दलले आफ्नो विधेयकमा समर्थन नगरेमा सरकारले ल्याएको विधेयकमा समर्थन नगर्ने बताएका छन् ।
सरकारले ल्याएको विधयेकमा अहिलेसम्म प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राप्रपाको समर्थन रहेको छ ।