• २०८१ बैशाख २१ शुक्रबार

मेलम्ची आयोजनाको काम अवरुद्ध गर्ने स्थानीयहरुको चेतावनी

kharibot

मेलम्ची । मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानी नदिएको भन्दै मजदुर र स्थानीय ठेकेदारहरूले आयोजनाविरुद्ध पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् । आउँदो असार १ गतेबाट काउण्टर रणनिति सहित आन्दोलनकोे काम अगाडि बढाउने आयोजना सप्लायर्स पिडित उत्तर कुमार श्रेष्ठले जानकारी दिए । 

खानेपानी मन्त्रालयमा भएको उक्त सहमतिप्रति असन्तुष्ट केही स्थानीय भेन्डर तथा सप्लायर्सले पुनः आयोजनाविरुद्ध कडा आन्दोलनको तयारी गरिएको स्थानीय सप्लायर्सहरूले बताएका छन् ।

खानेपानी मन्त्रालयका सचिवको नेतृत्वमा संघर्ष समितिका अध्यक्ष र एक जना सदस्यले मात्र वार्ता गरेको सहमति सिंगो भेन्डर तथा सप्लायर्सको हितमा नभएकाले पुनः आन्दोलन गर्ने बताइएको छ । बिरालोले मुसा खेलाए जस्तो आश्वसन र विभिन्न बाना बनाएर सरकार पक्षले झुलाइराखेको भन्दै अब त्यस्ता गुलिया कुरामा नफस्ने सप्लायर्सहरुको भनाइ छ । 

आयोजना पिडिहरुले २०७६ चैत्र १३ गतेदेखि आयोजना विरुद्ध वार कि पारको आन्दोलन गर्ने कार्यक्रम तय गरेर  आयोजना बोर्डलाइ चैत्र ४ गते, र त्यसै दिन एडिबि लाइ पनि ज्ञापन पत्र बुझाएका थिए । त्यसै दिन ठेकेदार कम्पनी र सिनो हाइड्रोलाई अनुरोध पत्र बुझाए र चैत्र ९ गते सिडिओलाई ज्ञापन पत्र बुझाए पछि   १५ महिना कुर्दापनि केहि नतिजा ननिस्किएपछि , वार कि पारको लडाँई लड्ने योजना बनाएको तर चैत्र ११ गतेदेखि लागुहुने गरी सरकारले लकडाउ घोषणा भए सँगै आन्दोलन स्थगित भएको  श्रेष्ठको भनाइ छ ।  

अब तपाइहरु के गर्नुहुन्छ ? लकडाउन त हतपत्त सकिनेवाला हैन । लकडाउन कै बिचमा आयोजनाको काम सम्पन्न भयो भने, तपाइहरु त हिस्स पर्नुहुन्छ त ? भन्ने प्रश्नमा श्रेष्ठले “हामि त्यति सजिलै हिस्स पर्दैनौं । यो १७ महिनाको अवधिमा सरकारी पक्षले हामिलाइ धरै कुरा सिकायो, हामिले सिक्यौं । अब उनीहरुको गुलिया कुरामा फस्ने छैनौं । उनीहरुको रणनिति हामिले बुझ्यौं । अब हामि काउण्टर रणनिति बनाउँदै छौं ” भने । 

“कोरोनाको प्रभाव लामो समयसम्म रहन्छ भन्दै विश्वका सम्बन्धित विज्ञहरुले समाज लकडाउनबाट बाहिर निस्कनु पर्दछ भनिरहेका छन् । जनदबाब पनि त्यतिकै छ । यहि सोचेर नेपालसरकारले पनि  ठुला ठुला आयोजनाको निमार्णकार्य बन्द नगर्ने भन्दै काम गराइरहेको छ । तपाइ आँफै बुझ्नुस् त , मेलम्ची आयोजना साइटमा सयौंको सँख्यामा कामदार छन् । लकडाउनको मापदण्डले २५ जना भन्दा बढि एउटा क्षेत्रमा नरहने भन्छ । अब, भन्नुस आयोजनाले लकडाउनको मापदण्ड कसरी पालना गरेको छ त ? अनि हामि पिडतहरु चै घर बाहिर निस्कनै नपाउने ? कुरा त्यसो हैन , अब हामी पनि २०–२० जनाको विभिन्न समुह बनाउर अलग अलग क्षेत्रबाट आन्दोलन गर्दैछौं । हाम्रो मुख्य तार्गेट भनेको काममा अवरोध सिर्जना गर्नु हो । त्यो काम हामि लकडाउनको मापदण्ड भित्रै रहेर पनि गर्न सक्छौं । ” चेतावनीसहित श्रेष्ठले भने ।

"कन्सलट्यान्टका शम्भु कट्टेल नामक आयोजना र हामीबीच सहमति खोज्न र हामीलाई सहयोग गर्न आएको हुँ भनि परिचय  दिएका थिए । उनको कुरा सुन्दा साँच्चिकै हाम्रो पिरमर्का बुझ्नुभयो जस्तो लाग्थ्यो । आन्दोलन गर्ने हाम्रो रहरपनि हैन,बाध्यता हो । हामिले उहाँप्रति बिस्वास पनि गरेका थियौं । तर समयक्रम सँगै उहाँको नियतमाथि संका उब्जिन थाल्यो । उहाँले हामिहरुको भावनामा गेम खेल्नु भो । इमोस्नल ब्ल्याकमेल गर्नुभो । अन्त्यमा आयोजनाको हामी प्रतिको कुन्सित भावनालाइ साथ दिनुभयो । र हामिलाइ अल्मल्याउँदै आयोजनाको काम सम्पन्न गर्ने खेलमा लाग्नु भो । उहाँप्रति हामिले यस्तो आसा गरेका थिएनौं ”। उत्तर कुमार श्रेष्ठले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै