• २०८१ बैशाख १५ शनिबार

लियोनेल मेसी सामान्य घाइते

kharibot

काठमाडौँ । कोरोना महामारीले स्थगित भएको ला लिगा शुरु हुन एक साता बाँकी हुँदा बार्सिलोनाका कप्तान लियोनेल मेसी घाइते भएका छन् ।

बार्सिलोनाले मेसीको इन्जुरी बारे पुष्टि गर्दै मेसीको इन्जुरी सामान्य भएको र थप जोखिम नमोल्दै आवश्यक एक्सरसाइज मात्र गरेको बताएको छ । मेसीले अहिले एक्लै सामान्य प्रशिक्षण गरिरहेका छन् । 

मेसीले आफ्नो साप्रोमा समस्या देखिएको बताएका थिए । टिमको ट्रेनीङमा अनुपस्थित रहेपछि मेसीको इन्जुरी बारे अड्कल काटिएको थियो । बार्सिलोनाले मेसी केहि दिन भित्र मेसीले टिमको प्रशिक्षणमा भाग लिने बताएको छ । 

मार्चदेखि स्थगित भएको ला लिगा जुन ११ देखि शुरु हुने तयारीका लागि क्लबहरु अहिले आआफ्नो प्रशिक्षणमा व्यस्त रहेका छन् ।

ला लिगामा अहिले बार्सिलोना लिगको शिर्ष स्थानमा रहेको छ । बार्सिलोना २७ खेलमा ५८ अंकसहित शिर्ष स्थानमा छ भने २ अंक कम ५६ अंकसहित रियल म्याड्रिड दोस्रो स्थानमा रहेको छ ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै