• २०८१ बैशाख २१ शुक्रबार

रुसमा धनीले धेरै कर तिर्नुपर्ने पुटिनको घोषणा

kharibot

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले देशका धनि व्यक्तिहरुले धेरै कर तिर्नुपर्ने बताएका छन् ।

कोरोना महामारीपछि देशको अर्थतन्त्र बिग्रेको भन्दै धनिहरुले धेरै कर तिर्नुपर्ने बताएका हुन् ।

रुसी टेलिभिजनलाई दिएको एक संदेशमा पुटिनले बार्षिक ५० लाखभन्दा बढी रुबेल कमाई गर्ने रुसी नगरिकले १३ प्रतिशतको सट्टा १५ प्रतिशत आयकर तिर्नुपर्ने घोषणा गरेका छन् ।

सन २००१ मा रुसले आफ्ना नागरिकलाई एक समान आयकरको व्यवस्था गरेको थिय तर अहिले कोरोना महामारीले अर्थतन्त्र अस्तव्यस्त भएपछि धेरै आए हुनेलाई करको दायरा बढाएको हो । रुसी सरकारको यो निर्णयबाट रुसले ६० अर्ब रुबेल अतिरिक्त आम्दानी हुने पुटिनले बताएका छन् ।

रुसमा कोरोना महामारी तिब्ररुपमा फैलिएको छ । अहिलेसम्म कुल ५ लाख ९९ हजार ७०५ जना संक्रमित भएका छन् । यो संख्या अमेरिका र ब्राजिलपछिको तेस्रो ठुलो संख्या हो । त्यस्तै रसियामा अहिलेसम्म ८ हजार ३५९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै